चन्दा उठाएर भए पनि प्रदेश अस्पताल प्रदेशले नै चलाउँछ : मुख्यन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल कर्णालीकै जनता र सरकारले सञ्चालन गर्ने बताएका छन् ।सामाजिक विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलन गर्दै कर्णाली बासीले चन्दा उठाएर भए पनि प्रदेश अस्पताल सञ्चालन गर्ने जनाएका हुन् ।

प्रदेश अस्पताललाई संघ सरकारको मातहतमा लिने चर्चा चलिरहेका बेला मुख्यन्त्री शाहीले प्रदेश अस्पतालमा व्यवस्थापकिय समस्या भए पनि समस्या समाधान भइसकको बताए । प्रदेश अस्पतालले नयाँ संक्रमितलाई भर्ना लिन सक्दिन भन्नु गलत भएको भन्दै शाहीले त्यसलाई सुधार गरिसकिएको बताए ।

‘भर्ना लिन सक्दैनौ भनेर सूचना निकाल्ने कुरा गलत थियो, समस्या भएमा त्यस्तो सुचना निकाल्ने अस्पतालले पनि होइन्’, उनले भने, ‘पछि तत्काल अस्पतालले सूचना सच्चाइसकेको पनि छ ।’

‘प्रदेश अस्पताल कुनै पनि हालतमा केन्द्र मातहत जाँदैन, प्रदेश सरकार संघीयता कार्यान्वयन गर्न प्रतिबद्ध छ । संविधानभन्दा माथि कोही छैन्, संविधान र संघियताको मर्म विरुद्ध हुने सबै गतिविधिका विरुद्ध प्रदेश सरकार लड्छ’, शाहीले भने ।

शाहीले केन्द्रीय सरकारलाई प्रदेश अस्पताल प्रदेशमै रहने कुराको जानकारी पठाइसकेको जानकारी दिए ।कर्णाली प्रदेश सरकार प्रदेशको स्वास्थ्य सेवा सुदृढीकरणका लागि प्रदेश सरकारबाट गरिएका प्रयास तथा उपलब्धिका बाबजुद प्रदेश सरकार अन्र्तगत रहेको प्रदेश अस्पताल सुर्खेतलाई संघीय सरकार माताहत लैजाने भन्ने कुरा हास्यास्पद रहेको उनको भनाइ छ ।‘कोभिड रोकथामका लागि बनेको समितिले प्रदेश अस्पताललाई संघमा लिन प्रस्ताव लैजाने भन्ने कुरा हास्पस्पद हो, त्यो उसको कार्यक्षेत्र भित्र नै पर्दैन’, उनले भने, ‘कसैले राजनैतिक पूर्वाग्रह राखेर लहडमा गर्ने निणय मान्य हुँदैन, भोलि संघ सरकारले निर्णय नै गरिहाले पनि त्यत्ती सहज छैन, अदालत जाने या के गर्ने पछिको कुरा हो । संघीयता र संविधानको मर्म विपरीतका कुरा सहैय हुदैन ।’
मुख्यन्त्री शाहीले अब छिट्टै मन्त्रीपरिषद्ले पनि पूर्णता पाउने बताए । nepalwatch.com  बाट साभार