प्रधानाध्यापक दिपावली मनाउन मस्त बिद्यार्थिको पठनपाठन ठप्प

कालिकोट जिल्लाको पलाँता गाउँ पालिका वडा नम्बर ८ दुधेसिल्लो मा बि बेर्शनैकोटमा प्रधानाध्यापक दिपावली मनाउन गएपछि बिद्यालय पठन पाठन ठप्प भएको छ ।
पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातीकान्छाको निर्देशनमा अनुगमनमा खटाइएको टोलि बिधालय पुग्दा प्रधानाध्यापक मात्र नभै केही शिक्षकको समेत अनुपस्थित रहेको पाईएको छ ।

पढ्न आएका बिद्यार्थी शिक्षक छैनन भनेर फर्काउने र शिक्षक अफिस खोलेर हाजिर लाएर घर फर्किने भेटिएको छ । यो अहिले अनुगमन आउदा देखियो सधै यस्तै हो एक हप्ता बिद्यालय आए तीन हप्ता पार्टीको कार्यक्रम र बैठक तिर बेस्त हुदा पछिल्लो समयमा बिद्यालय शैक्षिक अबस्था खस्किदो रहेको त्यहाँका नागरिकको गुनासो छ ।

पठनपाठनमा लापरबाही गर्ने, समयमा नआउने, समय नहुँदै विद्यालय छाड्ने शिक्षक विद्यालय नआउने विद्यार्थीको अनुगमनका लागि कार्यक्रम सुरु गरिएको अध्यक्ष बमले स्माट कर्णली खबरलाई जानकारी दिनु भयकोछ ।