कमलपोखरीमा यसरी मनाइयो छठ पर्व (फोटोफिचर)

काठमाडौं, कात्तिक २४ गते ।

छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि शुरु भएको हो ।

काठमाडौं उपत्यकाका नदि तथा तलाउहरुमा व्रतालू तथा श्रद्धालुहरुको घुइँचो छ ।

आज राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरी, बागमती, नख्खु र विष्णुमतीलगायतका नदीमा व्रततालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिनुभएको छ।
भोलि (बिहीबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ ।