प्रेस सेन्टर द्दारा पलाँतागाउँपालिकाका अध्यक्ष बमलार्इ सम्मान

कात्तिक २५, काठमाण्डौ

पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बम सम्मानित भएका छन।

प्रेस सेन्टर नेपाल कालिकोटको दोस्रो जिल्ला सम्मेलनले संचार क्षेत्र र प्रेस सेन्टरलार्इ पुराएको योगदानको कदर गर्दै अध्यक्ष बमलार्इ मान्ममा सम्मान गरेको हो ।

सरकार प्रमुख भएर प्रेस सेन्टर मात्र नभएर पत्रकारिता क्षेत्रकारिता क्षेत्रलार्इ अतुलनिय सहयोग गरेको भन्दै बमलार्इ सम्मान गरिएको छ ।

अध्यक्ष बम सहित युद्द कालकाप्रत्रकार तथा कर्णाली संन्चार डट कमका संचालक रुपेन्द्र ऐडी र रेडियो प्रदेश आवाज लगाएत एक दर्जन पुराना दस वर्षे जनयुद्दकालका पत्रकारलार्इ सम्मानित भएका छन।प्रेस सेन्टरका अध्यक्ष अर्जुन प्रसाद भट्टरार्इको सभा अध्यक्षतामा भएको सम्मेलामा नेकपा मावबादी केन्द्रका अध्यक्ष धनजित शाहीको प्रमुख आतिथ्यता संगठनका केन्द्रीय आयोजक समितीका सदस्य दोय रत्न कार्कि र मनिका बोहोरा पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बम जिल्ला समन्वय समितिका सदस्य नेत्र राज शाही मओवादी केन्द्र कि प्रदेश सदस्य गंगा वोगटी र अन्य पार्टिका प्रेस संघ संगठनका नेता र जिल्लाका ९ वटै स्थानिय तहवाट आएका प्रतिनिधिको सहभागिता रहेको थियो। सम्मेलनको संचालन प्रस संगठनका नेता विरेन्द्र आचार्यले गरेका थिए। दोस्रो जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ।