प्रदेश अधिवेशन गर्न कांग्रेसले तोक्यो कमाण्डार, क-कसले पाए जिम्मेवारी ? (सूचीसहित)

a}7sdf g]tfu0f sf7df8f}F, * ;fpg . g]kfnL sfFu|];sf] z'qmaf/ a'9fgLns07df a;]sf] a}7sdf g]tfu0f . t:jL/ M /f]zg ;fksf]6f,/f;;

२८ कात्तिक, काठमाडौं ।

नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न केन्द्रीय नेतालाई जिम्मेवारी दिएको छ । आइतबार साँझ काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले सात प्रदेशका लागि संयोजक तोकेको हो ।

जसअनुसार प्रदेश १ को संयोजकमा कृष्ण सिटौला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र बडूलाई संयोजक तोकिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यस्तै बैठकले मंसिर १६ र १७ गते हुने प्रदेश अधिवेशनका लागि स्थान पनि तय गरेको छ । जसअनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा हुनेछ भने २ को जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुनेछ ।