विद्यार्थी संगठनहरुले मूल्य वृद्धिको विरोधमा थप आन्दोलन गर्ने

४ मंसिर, काठमाडौं ।

विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य बस्तुमा भएको मूल्य वृद्धिको विरोधमा थप आन्दोलन गर्ने जनाएका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन लगायत छ वटा विद्यार्थी संगठनहरुले मूल्य वृद्धिको विरोधमा थप अन्दोलन गर्ने घोषणा गरेका हुन् ।

यता मंसिर ५ गते दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धिविरुद्ध विभिन्न क्याम्पस र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक भएको छ । विद्यार्थी संगठनहरुले मंसिर ७ गते एकव्यक्ति एक रुपैयाँ सडकबाट संकलन गरी आयल निगमलाई बुझाउने कार्यक्रम पनि सार्वजिनक गरेका छन् । त्यसैगरी ती संघठनहरुले विभिन्न दलका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउने समेत जानकारी दिएका छन् ।