पलाँति कान्छा पलाँताबाट प्रदेश कमिटि सदस्यमा सर्बसहमत सिफारिस

कालिकोट जिल्ला पलाँता गाउ पालिका वडा नं. ७ स्थित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पलातामा भएको अधिबेशनको बन्दसत्रमा पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा पलाँता बाट प्रदेश कमिटीमा सर्ब सहमत हुनु भएको छ ।

पालिकाको सफल डाईनामिक र कुसल नेतृत्व भएकोले अगाडि बढ्नुको एक मात्र बिकल्प र पलाति जन्ताको पालिका बाहिर पहुँच पुर्याउनु पर्छ भन्दै सम्पूर्ण प्रतिनिधिहरुले चयन गरेर पठाउनु भएको बताइएको छ ।पलाताको एक मात्र बिकल्पको रुपमा पलातीकान्छा लाई नेता स्थापित गर्नु पर्छ यो पलाँति जनताको आवाज समेत रहेको थियो । हक्की तथा मिजासिलो स्वभावका कारण उहाँलाई मानिसले पहिलो भेटमा मन पराउँछन् ।

प्रष्ट बोल्ने, अरूलाई सम्मान गर्ने, दीनदुःखीलाई निस्वार्थ सहयोग गर्ने बानी भएका अध्यक्ष बम समुदायको मात्र नभई समग्र कालिकोट जिल्लाको र नेपालकै लागि एक उज्वल भविष्य बोकेका गतिशील नेतृत्वका रूपमा उदाउनु भएको युवा नेता हुनुहुन्छ । आफू तमाम काम गरेर पनि चर्चामा आउन नखोज्ने स्वभाव रहेको छ । पलाँताको पार्टी मिलाउन बमले सहजै कमिटी सर्बसहमत गराउन लागि अध्यक्षको ठूलो भुमिका समेत रहेको थियो ।