पलाँता गाउँपालिका अध्यक्षमा अनन्त बिश्वकर्मा (राजेश) नेकपा माओबादी केन्द्रबाट एकल उम्मेद्धार सिफारिस

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कालिकोट जिल्लाको पलाँता गाँउ पालिकमा अध्यक्ष्यका लागि नेकपा माओबादी केन्द्रको गाउ कमिटिको पूर्ण बैठकमा बहुमत संख्या सदस्यले अनन्त बिश्वकर्मा (राजेश) लाइ अध्यक्ष पदमा सिफरिस गर्ने निणय गरेको छ । अनन्त बिश्वकर्मा (राजेश) नेकपा माओबादी केन्द्रको एक बलियो उम्मेदार पनि देखिन्छन् बिश्वकर्माले बिगतमा पार्टीलाइ बचाउन महत्व पुर्ण योगदान गरेको एक नेताले बताए ।

उनि जहिले पनि सरकार बाहिर रहेर पनि जनताको हरेक सुखदुखमा साथ दिने ब्याक्ती भएकाले नेकपा माओबादी केन्द्रको गाँउ कमिटिको पूर्ण बैठकमा बहुमत संख्या सदस्यले अनन्त बिश्वकर्मा (राजेश) लाइअध्यक्ष पदमा सिफरिस गर्ने निणय गरेको  उनले बताए ।