रास्कोट नगरपालिकाको नगर प्रमुखमा संविधानसभा सदस्य धिरिन्द्रा उपाध्याय (भृकुटी) को उम्मेद्धावारी

सुर्खेत – कालिकोट जिल्लाको रास्कोट नगरपालिका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य धिरिन्द्रा उपाध्याय (भृकुटी)ले मेयरमा उम्मेदवारी दिएकी छन् । २०६४ सालको संविधानसभा निर्वाचनमामा समानुपातिकबाट सांसद बनेकी उपाध्याय माओवादी विभाजन पछि बैद्य हुँदै नेकपामा आएकी हुन् ।

रणनीतिक रुपमा उनी निकै बलियो उम्मेदवार मानिन्छ । नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपाबीच कडा प्रतिशपर्धा हुने  निश्चित छ। नेकपा एमालेबाट वडा नम्बर २ का वडाध्यक्ष दयाराम सिमखाडाले मेयरमा उम्मेदवारी दिएका छन् भने माओवादी केन्द्रबाट पोषण शाही लड्दैछन् ।साविकको फुकोट गाविस माइती र सिपखाना घर भएकी उनलाई दुई वटै गाविसबाट भोट आउने आँकलन गरिएको छ । हरेक निर्वाचनमा निर्णायक भुमिका खेल्दै आएको फुकोटले संविधानसभा निर्वाचनमा समानुपातिक तर्फ फुकोटबाट माओवादी केन्द्रलाई एक छापे मत गएको थियो ।