आठबिस नगरपालिका दैलेखमा मेयरमा बडुवाल उपमेयर मा थापा बिजय

सुर्खेत । दैलेखको आठबीस नगरपालिकाको प्रमुख/उपप्रमुखमा बहुमत वडासहित एमाले विजयी भएको छ । एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी भएका छन् भने उपप्रमुखमा कल्पनाकुमारी थापा विजयी भएकी छन् । बडुवाले मत प्राप्त गर्दै विजयी भएका हुन् ।
काँग्रेसका उम्मद्वार प्रेम प्रकाश शाहीलाई २६१ मतान्तरले हराउँदै बडुवाल विजयी भएका छन् । बडुवालले ५३२७ मत ल्याएका छन् । पराजित शाहीले भने ५०६६ मत मात्रै पाए । यस्तै उपप्रमुखमा एमालेका १४८ मतान्तरले थापा विजयी भएकी छन् । काँग्रेसबाट उम्मेद्वार बनेकी निशा थापाले ४९६५ मत ल्याएर पराजित हुँदा थापाले ५११३ मत ल्याएर विजयी भएकी हुन् ।

साथै नेकपा एमालेबाट आठबीस नगरपालिकाको वडा नम्बर १ मा बमबहादुर रावत, २ मा कलम कामी, ४ मा टेकबहादुर माझी, ६ मा नवराज शर्मा र ८ मा अदल शाही विजयी भएका छन् । यस्तै, नेपाली कांग्रेसले ३ वडा जितेको छ । जसमा वडा नम्बर ३ मा नगेन्द्रराज कार्की, ५ मा बजर सिंह वि.क, ७ मा जैसिंह कठायत र ९ मा शेरबहादुर सिजापती विजयी भएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि आठबीसको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो । प्रमुखमा खड्काराज उपाध्याय ३९२७ मत प्राप्त गर्दै नेपाली कांग्रेसका प्रेमप्रकाश शाहीलाई हराएर विजयी भएका थिए भने कांग्रेसका शाहीले ३८८० मात्रै प्राप्त गरेका थिए । यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी दिपा बोहरा विजयी भएकी थिइन् । उनले ४१८७ मत प्राप्त गर्दै निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी गमता वि.कलाई पराजित गरेकी थिइन् । वि.कको ३९९० मत पाएकी थिइन् ।