गठबन्धनका साझा उम्मेद्धार धर्मराज शाही (पोषण)६ सय ४५ मतले अग्रस्थानमा

राष्कोट नगरपालिकामा नेकपा माओबादी केन्द्रबाट नगर प्रमुखका उम्मेद्धार धर्मराज शाही पोषण ६ सय ४५ मतले अग्रस्थानमा रहेका छन । कालिकोट जिल्लाको रास्कोट नगरपालिकाको भमतगणनामा मेयर पदका उम्मेदवार धर्मराज शाही (पोषण) को अग्रता रहेको छ । वडा नं. १ देखि ८ वडा सम्मको मतगण गर्दा मेयर पदका उम्मेद्धार शाहीले हाल २ हजार ६ सय ६७ मत पाएका छन ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार दयाराम सिम्खाडाले २ हजार २२ मत पाएका छन् । शाहीले पाएको मत सिम्खाडाले पाएको भन्दा ६ सय ४५ मतले ले बढी रहेको छ ।
हाल वडा नं.८को बाकि रहेका ३ सय मतगणना कार्य भइरहेको बताएको छ ।