महँगी र भ्रस्टाचार को विरुद्धमा राप्रपा सुर्खेत द्रुारा राके जुलुस प्रदर्सन

१७ असार, सुर्खेत – सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राँकेजुलुस सहित विरोध प्रदर्शन गरेको छ । आज विभिन्न माग राख्दै राप्रपा सुर्खेतले वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरेको हो । राप्रपाद्वारा गत असार १ गते प्रधानमन्त्रीलाई बुझाएको २२ बुँदे ज्ञापनपत्रमा समावेश गरिएका विषयहरु अविलम्ब सम्बोधनका लागि दबाब दिन आज देशभर राप्रपाद्वारा राकेजुलुस तथा विरोध प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य सामान लागायतमा भएको मूल्यवृद्धि फिर्ता तथा किसानलाई समयमै मल बिउ उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै राप्रपाले असार १ गते देशभरबाट प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो । सोही मागहरु यथाशीघ्र सम्बोधनको माग राख्दै आज देशव्यापी प्रदर्शन गरिएको हो । सुर्खेतमा राप्रपा पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन मंगलगढी चोक, यरिचोक हुँदै विरेन्द्रचोकमा समापन भएको थियो ।