सोसेक नेपाल देखि ठाटीकाँध कृषि तथा पशुपालन सहकारी संस्थालाई सहयोग

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले एक सहकारी संस्थालाई ल्यापटप र प्रिन्टर उपलब्ध गराएको छ । ठाटीकाँध गाउँपालिकाको ठाटीकाँध कृषि तथा पशुपालन सहकारी संस्थालाई सोसेक नेपालले ल्यापटप, प्रिन्टर, कम्प्युटर टेवल र रिभल्बीङ कुर्ची उपलब्ध गराएको हो ।

गाउँपालिकामा एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सोसेक नेपालमार्फत गुणस्तरिय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जीविकोपार्जन सहयोग कार्यक्रम (सहकार्य) सञ्चालित छ । उक्त परियोजनाले सहकारी संस्थालाई सुचना प्रविधिका सामग्री सहयोग गरेको हो । कृषकलाई सहुलियत कृषि कर्जा, अनुदानमा प्राथमिकता लगायत सेवा प्रभावकारी बनाउन एक लाख रुपैँया बराबरको सामाग्री हस्तान्तरण गरिएको परियोजना संयोजक जीवराज रेग्मीले बताए ।

बिहीवार गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाह, उपाध्यक्ष देवीराम वडुवाल लगाएतको उपस्थितीमा सामग्री हस्तान्तरण गरिएको छ । सहकारी संस्थाका अध्यक्ष दिपकबहादुर रावल क्षेत्रीले सहकारी संस्थालाई प्राप्त सुचना प्रविधिका समग्रीले सहकारीको सेवालाई प्रभावकारी बनाउन सहज हुने बताए । उनले सोसेक नेपाललाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।