महाबै गाउँपालिमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्धन सिबिर संञ्चालन

कालिकोट जिल्लाको महाबै गाउँपालिमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्धन सिबिर संञ्चालन भएको छ । आयुर्बेध स्वास्थ्य केन्द्र कालिकोटको आयोजना र महाबै गाउँपालिकाको सहजिकरणमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्धन सिबिर तिला नमुना मा.बि गौराखाडा पादमघाटमा संञ्चालन आजबाट संञ्चालन गरिएको छ । सिबिर २७ र २८ गते संञ्चालन गरिने आयोजकले जनाएको छ ।
सिबिर उद्यघाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि महाबै गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह (भिजन) ले जेष्ठ नागरिकहरुको स्वास्थ्य स्वस्थ र रोग मुक्तm बनाउनकालागी यो सिबिरले मह्त्व पुर्ण भुमिका खेल्ने बताउनु बताउदै अब हरेक नागरिकले आयुर्बेद लाई प्रयोग गरि स्वस्थमा समाज निमार्ण गर्ने आग्रह ग्रनु भयो ।