एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई एक लाख सहयाेग गर्ने निर्माण व्यवसायी बम

सुर्खेत । निर्माण व्यवसायी मानव बमले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका दुई जनालाई एक लाख सहयाेग गर्ने घाेषणा गरेका छन् । आज एसइई नतिजा सार्वजनिक भएपछि उनले उत्कृष्ट एक छात्र र एक छात्रालाई नगद सहयाेग गर्ने घाेषणा गरेका हुन् ।

बमले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै भनेका छन्, ‘कालिकाेट जिल्लाकाे रास्काेट नगरपालिका भित्रका दुई जना जेहेन्दार छात्र र छात्रालाई उच्च शिक्षाका लागि जनही ५०/५० हजार सहयाेग गर्ने घाेषणा गर्दछु ।’ आज मात्रै रिजल्ट सार्वजनिक भएकाले केही दिनमा नगर क्षेत्रका कुन विद्यार्थीले कति जिपिए ल्याए छनाेट गरेर उत्कृष्टलाई रकम प्रदान गर्ने बमले जनाए । सहयाेग गरेकाे रकमले उच्च शिक्षाका लागि अध्ययन गर्न थाेरै भएपनि राहत हुने अपेक्षा राखेकाे उनकाे भनाइ छ । बम रास्काेटकै स्थायीबासी हुन् ।