मेयर हेल्थ केयर कार्यक्रम वर्डा न १ मा सम्पन्न एक सय तिन जनाले लिय सेवा

रास्कोट नगरपािलका वर्डा न १ मा मेयर हेल्थ केयर कार्यक्रम सम्पन्न भएको छ मेयर हेल्थ केयर कार्यक्रम आज एक सय तिन जनाले सेवा लिएका छन जस्मा १५ जना गर्भवती महिला र अन्य नागरिक र स्थानिय हरुले सेवा लिएको नगर प्रमुख धर्मराज शाहीले बताउनु भएको छ ।
सिंहदरवारको अधिकार गाउँमा आयो त भनियो तर कतिपय बिगतमा सरकारले गाविस मार्फत दिने सेवा झन इलाकामा केन्द्रित भए । बिगतमा दुई वा चार गाविस मिलेर एक इलाका हुन्थ्यो तरअधिकांस सेवा सम्बन्धित गाविस कार्यालयबाट हुने गर्थ्ये तर सिंहदरवारको अधिकार गाउँमा दिने भन्दै स्थानिय सरकार सहितको संघियता आयो तर बृद्व भत्ता बुझ्न पनि पालिका मुख्यालयमा जानु पर्ने , योजना,सिफारिस देखि हरेक काम पनि पालिका बाट हुने भए पछि कतिपय पालिकामा त सामान्य सेवा लिन जान पनि एक दिन बास बस्नु पर्ने बाध्यता टरेन र नागरिक झन समस्यामा परे ।

त्यही समस्या बुझेर रास्कोट नगर प्रमुख धर्मराज शाहीले नगरका सेवा पालिका सेवाकेन्द्र वरिपरि नभएर घरदैलोमा पुर्याउने लक्ष्य सहित हरेक महिना हरेक वडा हरेक सेवा लिएर मेयर शाही आफै पुग्ने गर्छन । नगरको स्वास्थ्य ,पशु स्वास्थ्य र आयुर्वेद सेवाबाट प्रदान हुने स्वास्थ्य सेवा दिने उद्देश्यले मंगलबार वडा नं १ मा शिविर सम्पन्न भएको छ । भिडियो एक्सरेबाट शिविरमा गर्भवति चेकजाँच गरिएको छ । दम, ग्यास्ट्रिक, भिडियो एक्सरे लगाएत सेवा जेष्ठ नागरिकले पाएका छन आँखा चेकजाँच सामान्य जनरल उपचार समेत दिएको स्वास्थ्य साखा संयोजक हंशराज बरालले बताउनु भयो । आयुर्वेद साखा प्रमुख डबल तिरूवाका अनुसार जेष्ठ नागरिकका लागि भिटामिन चेमन प्राईश, दम र ग्याष्ट्रिक आौषधि बाथरोगीहरूका लागि ओैषधि बितरण गरिएको हो ।

सेवा शिविर ऊद्घघाटनका लागि रास्कोट वडा नं १ मा पुगेका रास्कोट नगर प्रमुख धर्मराज शाही पोषणले नगरका सेवा घरटोलमा दिने नगरको योजना रहेको बताउनु भयो । आज रास्कोट नगरको वडा नं १ का अध्यक्ष उदयराम आचार्य ,वडा नं ५ का अध्यक्ष मन तिरूवा , नगर कार्यकारी जवानसिंह बम , शिक्षा साखा प्रमुख खेमराज शाही , शिक्षा श्रोत ब्यक्ति महाप्रसाद बराल ,खेल शिक्षक जीवन शाही लगाएतको टोलीले मेयर हेल्थकेयर कार्यक्रम सुरू गरेको हो ।शिविरमा रास्कोट अस्पतालका डाक्टर शेरमान गुरूङ सहितको चिकित्सकिय टोलीले सेवा दिएको नगरका स्वास्थ्यकर्मी धुर्व फडेराले बताउनु भयो ।

ू हामी बनाउँछौं हाम्रो नगरू भन्ने मुल नारा दिएको नगरले आज रास्कोट नगरपालिका वडा नं। १ को सुन्दर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा मेयर हेल्थकेयर कार्यक्रम अन्तर्गत एकीकृत सेवा प्रदान गर्ने उद्देश्यले नगर प्रमुख धर्मराज शाही ९पोषण०, प्रमुख प्रशासकीय अधिकृत, वडा नं। १ का वडा अध्यक्ष, वडा नं। ५ का वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य पुनम बम, स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुख, पशु सेवा शाखा प्रमुख, आयुर्वेद औषधालय प्रमुख, महिला तथा बालबालिका शाखा प्रमुख रास्कोट अस्पतालका मेडिकल अधिकृत डाक्टर शेरमान गुरुङ को टिम लगायत अन्य स्वास्थ्य शाखा, पशु सेवा शाखा र रास्कोट अस्पताल मा कार्यरत कर्मचारीको उपस्थितिमा एकीकृत सेवा प्रदान कार्यक्रम संचालिन भएको हो ।