सार्बजनिक जग्गा छाड्न ४५ दिने सुचना,अटेरगरे कानुन अनुसार कार्यसुरु गर्ने नगर प्रमुख शाहीको भनाई

 

रास्कोट नगरपालिकाको आर.सि.पि बजारमा सार्बजिक जग्गामा बनाइएका घरटहरा हटाउन नगर सरकारले ४५ दिने सुचना सार्बजनिक गरेको छ । यदि यो सुचना अटेर गरमा कानुन अनुसार कार्यसुरु गर्ने नगर प्रमुख धर्मराज शाहीको बताउनु भएको छ ।

जनतालाई पुर्याउनु पर्ने सेवा सबुिधा सबै भन्दा नजिकको स्थान बाट उपलब्ध गराउनु पर्छ भन्ने मान्यता अनुरुप बिकेन्द्रिकरणको सिध्दान्त अनसुार स्थानीय तह हरुको स्थापना भएको हो । यसै अनुरुप स्थानीय तह हरुले नागरीकको सबै भन्दा नजिक सरकारको रुपमा कार्यगदै आइरहेको छ । हाल जिल्ला सभा,नगरपालिकार गाउँपालिका स्थानिय सरकारको रुपमा कार्यरत रहि आएका छन । यी तबरले आफ्नो क्षेत्रको बिकास बिस्तार एबंम उनतीका लागी भौतिक पुर्वाधार बिकास लगायत बिभिन्न कृयाकलाप गदै आइरहेका छन् ।

यस अन्तरगत रास्कोट नगरपालिकाले पनि बजार ब्यबस्थापन तथा ब्यवस्तीथ बसोबासका लागी नगरपालिकाको क्षेत्र भित्ररहेको आर.सि.पि बजारमा सार्बजिक जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा खालि गराउन ४५ दिने सुचना सार्बजनिक गरेको छ । रास्कोट नगरकार्यपालिकाको मिति २०७९ साल श्राबण ३ गते बसेको कार्यपालिका बैठेकले यस्तो निणय गरेको हो । यदि ४५ दिने सुचना लाइ अटेर गरि घरटहरा नहटायमा कानुनु अनुसार कार्यसुरु गरिने नगर प्रमुख शाहीले बताउनु भयो ।