आठबीस नगरपालिका दैलेखको बजेट पूर्वाधार तर्फ केन्द्रित

कृषि खेती नै पहिलो आश्रित विकल्प भएपछि त्यही पेसालाई आधुनिक र उत्पादनमुखी बनाउने नीति नगरले लिएको उपप्रमुख कल्पना थापाले बताइन्।

नगरले पर्यटन प्रवर्द्धन र सांस्कृतिक सभ्यताको संरक्षणलाई पनि प्राथमिकतामा राखेको छ। महिला तथा बालबालिकासँग उप-प्रमुखसँग कार्यक्रम ल्याउने नीति तथा कार्यक्रममा समेटिएको छ। महिलालाई नै उत्पादन, आयआर्जन र सीप आर्जनसँग जोड्न पर्ने अवस्था आएकाले नीतिमै सो कुरा उल्लेख गरिएको उपप्रमुख कल्पना थापाको भनाइ छ।

स्वास्थ्य संस्थामा औषधी र स्वास्थ्यकर्मी नियमित उपलब्ध हुने, शत प्रतिशत खोप र संस्थागत तवरले सुत्केरी गराउने ग्यारेन्टी गराउने कार्यक्रमलाई निरन्तरता दिने नीति लिएको छ। पालिकाले आफ्नो ऐतिहासिक र सांस्कृतिक परिचय खुल्ने गरी पुस्तक प्रकाशन गर्ने नीतिगत व्यवस्था गरेको छ।

नगरले आत्मनिर्भर बनाउन प्रत्येक परिवारलाई उत्पादनसँग जोड्ने नीति लिएको छ। बालबालिकालाई गुणस्तरीय शिक्षा, कृषकलाई सिप, उत्पादनमा आधारित काम र अवसरमा ध्यान दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगर प्रमुख तर्क बहादुर बडूवालले बताए।

नगरपालिकाको नीति तथा कार्यक्रममा ४९ करोड ७५ लाख विनियोजन गरेको छ। आर्थिक विकास क्षेत्रमा २ करोड ४८ लाख ७५ हजार,सामाजिक विकास क्षेत्रमा ४ करोड ९७ लाख ५० हजार,पूर्वाधार क्षेत्रमा ९ करोड ९४ लाख,कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा २९ करोड ८५ लाख अनुमानित विनियोजन गरिएको छ।

उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाही कर्मचारी कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो।.