“बालमैत्री शौचालय र धारा–बिद्यार्थीका लागि खानेपानी र सरसफाईमा सहारा”

असार २५, सुर्खेत । रुपादेवी आधारभुत विद्यालय कालीकोट जिल्लाको नरहरिनाँथ गाउँपालिका स्थित वडा नं. २, डाँडाखलामा अबस्थित छ । यस विद्यालयमा २ सय ६२ विद्यार्थीहरु अध्ययनरत छन् । बिद्यालयमा १० जना शिक्षक÷कर्मचारीहरु कार्यरत छन् । बालबालिकालाई बिद्यालय समयमा ब्यवस्थित खानेपानीे र उपयुक्त शौचालय नहुँदा उनिहरु समस्या झेली रहेका थिए । खानेपानी र शौचालयको अभावका कारण यहाँका बालबालिकाहरु सुरक्षित खानेपानीबाट बञ्चित र कमजोर सरसफाई उपभोग गर्न बाध्य थिए । यस बिद्यालयका प्रधानाध्यापक मनबहादुर बुढा भन्छन् “बिद्यालयमा खानेपानी र शौचालयको आवस्यकता थियो । हाम्रो बिद्यालयमा कुनै पनि योजना भएनन् । भएका खानेपानी र शौचालयका संरचनाहरु पुराना भई काम नलाग्ने अवस्थाका थिए । बिद्यार्थीलाई सरसफाइ गर्न र खानेपानीको तिर्खा मेटाउने उपाय हामीसँग केही थिएन । यो समस्याका कारण बिद्यार्थी नियमित नहुने अवस्था थियो । कतिपय बिद्यार्थीहरु मध्यान्ह पछि पानी पिउने बाहनामा गएका बिद्यार्थीहरु फेरी बिद्यालय फर्किदैनथे ।”

सबै बालबालिकाहरुका लागि सुरक्षित खानेपानीमा पँहुच बढाउने र सरसफाई प्रवद्र्धन गर्ने उद्धेश्यले पेस नेपाल जुम्ला र प्लान इनटरनेशनलको सहयोगमा यस विद्यालयमा भएको उक्त समस्यालाई समाधान गर्न खानेपानी धारा र शौचालय निर्माण गर्ने योजना बनाइयो । सोही योजना अनुरुप यस विद्यालयमा बालमैत्री खानेपानी धारा र बाल लैङ्खिक तथा फरक क्षमतामैत्री शौचालय निर्माण गरिएको छ । शौचालय सँगै ४ वटा बालमैत्री धारा पनि निर्माण गरि सञ्चालन भएका छन् । बालमैत्री धाराको संरचनामा निर्माण भएका ६ वटा धारामा पानी बगिरहेको छ । निर्माण पश्चात बिद्यार्थीहरुले धारामा पानी निरन्तर खाने र हात धुने गरेको छन् । उनीहरु उत्साहित मात्रै देखिएका छैनन् कि उनिहरुको नियमितता पनि बढेको छ ।

धारा निर्माण भएपछि कक्षा ८ मा अध्ययनरत रमिता बिक खुसी हुँदै भन्छन् “बिद्यालयमा पहिले पिउने पानी पाइदैनथ्यो । पानी बोकेर आउनु पर्ने बाध्यता थियो । पानी पिउन टाढा जानु पर्दथ्यो, हात धुने त पानी नै थिएन, हात धुने पानीको अभावले हात नधोई घरबाट ल्याएको खाजा खानु पथ्र्यो । हाम्रो बिद्यालयमा भएको धारा निकै पुरानो थियो, कहिलेकाहीँ मात्रै पानी आउँथ्यो । हामीले लाइनमा लागेर पानी खानु पथ्र्यो । धारा सफा थिएन, हिलै हिलो मात्र थियो । धारामा पानी खान समस्या हुन्थ्यो । अहिले पानी खान पालो कुर्नु पर्दैन । हात धुन सजिलो भएको छ ।”

“पेस नेपाल र प्लान इन्टरनेशनल नेपालले बालमैत्री धारा र शौचालय बनाएपछि हाल निरन्तर पानी आउँछ । हाम्रो बिद्यालयका सबै बालबालिहरुलाई पानी पिउन र हात धुन निकै सजिलो भएको छ । सबैले पुग्ने ठाउँमा धारा हुँदा निरन्तर हात धुने गरेका छन् । संस्थाबाट हात धुने बिधिबारे हामीलाई सिकाएपछि सबै बिद्यार्र्थीहरु खाजा खानु अघि सावुन पानीले हात धुन्छन् । विद्यालयमा खानेपानीको सहजता भएकाले हामी सबै हर्षित छौं, यसकार्यमा हातेमालो गर्ने सबैलाई धन्यवाद दिन्छन्, बिद्यालयका प्रधानाध्यापक बुढा ।

रुपादेवी आधारभूत बिद्यालयमा निर्माण भएका शौचालय र खानेपानीका धारा नमूनाका रुपमा देखिन्छन् । बिद्यार्थीहरुलाई निरन्तर बिद्यालयमा अडिग बनाउने, सरसफाइलाई ध्यान दिने हो भने यस्तै शौचालय र धाराहरु सबै सामुदायिक बिद्यालयहरुमा निर्माण गरि प्रयोगमा ल्याउनु पर्ने स्थानियवासीहरु बताउँछन् ।