युवा अधिबेनीतिशनले र नेतृत्व दुबैमा उत्तिकै ध्यान दिनुपर्छ -नेकपा एमाले नेता बंम

आज मुलकले आमूल परिवर्तन खोजिरहेको छ । विश्व मानचित्रमा बिकाशको गति असाध्यै तिब्रताले अघि बढिरहेको छ । एक पछि अर्को गर्दै बैज्ञानिक युगतिर समाज अघिबढिरहेको छ र नयाँ पुस्ताले बैज्ञानिक समाजबादको परिकल्पना गरिरहेको छ र त्यसैको लागि बिबिन्न कोणबाट लागिरहेको छ र बहस उठाइएको छ । हाम्रो माउ पार्टीको एउटा महत्त्वपूर्ण एजेन्डा समृद्ध नेपाल र सुखि नेपालीको परिकल्पना गरिएको छ त्यो हामी युवाट सम्भब छ । हामी युवाको श्रम र सीप अन्य देशहरुमा खर्च भइरहेको छ र हाम्रो श्रम र सिपले अन्य देश हरु समृद्ध भइरहेका छन । यो हाम्रो माउ पार्टी नेकपा एमाले र हाम्रो युवाहरुको गौरब शालि संगठन राष्ट्रिय युवा संगठनले गम्भीरतापूर्वक रुपमा लिन जरुरि छ । अब हाम्रो समाज समृद्ध बनाउने खाका सहितको नेतृत्व अघि बढाउन जरुरि छ । अरुले बोलेको कपि गर्ने नेतृत्वले समाज परिबर्तन र आजको मुलुकको मनोभावना कब्जा गरेर नयाँ पुस्ताले चाहेको आबस्यकता र चाहाना पूरा गर्न सक्दैन । अबको नेतृत्व नीति सहितको हुन जरुरि छ । सबैकुराको मिश्रण हुन सक्ने नेतृत्व हुन जरुरि छ । हामीलाई अध्यक्ष हैन दक्ष चाहिएको छ अन्य मुलक बिकाशको बाटोबाट अघि बढिरहेको छ भने हाम्रो देश बिपरित दिशातर्फ पछि हटिरहेको छ । आज भषण ,शासन र कासन तिनवटै कुरामा पोख्त भएको नेतृत्व चाहान्छ । आज समाज परिवारबाद , नातागोतावाद र ब्याक्तिबादबाट माथि उठेको हेर्न चाहान्छ । नयाँ प्रतिभा र क्षामताको आबस्यकता ठानेर नै मान्छेले वाक स्वतन्त्राको खोजि गरेको हो । यो स्वच्छ प्रतिस्पर्धा र आफ्नो प्रतिभा सहित आउने बाताबरण हाम्रो माउ पार्टी र हाम्रो गौरबशालि संगठनले बनाउन जरुरि छ । युवा पलायन लाई रोक्ने योजना ल्याउनु पर्छ हाम्रो संगठन को प्रथम सम्मेलनले नीति बिनाको नेतृव अपुरो हुन्छ । युवा हरुको सगठन राष्ट्रिय युवा संगठसाबित गराउन सक्ने हुनुपर्छ यो एमाले को चुनाबमा पार्टिको झन्डा बोक्ने मात्र संगठन बनाउने उद्देश्यले संगठन निमार्ण गर्दा त्यो अपुग र अपरिपक्व हुन्छ र त्यो केही समय पछि युवाहरुको पार्टि खोजि गर्ने को लर्को अरुतिर सोछिन्छ । नेतृत्व भ्रष्ट हैन प्रष्ट हुनुपर्छ भने नीति आधारशिला सहितको परिपक्क हुनुपर्छ । राष्ट्रिय युवा संघको प्रथम सम्मेलनले नीति र नेतृत्वमा ध्यान पुगाउनु पर्छ र सम्मेलन सफल गर्दा नछुट्याएर पारित गर्नुपर्ने मेरो सुझाब प्रथम कुरा समाज समृद्धि सहितको युवामैत्रि नीति दोस्रो कुरा कुशल र सृजनशिल नेतृत्व:-
समाज समृद्धि सहितको युवामैत्रि नीति :-
बिस्व परिवर्तनको इतिहासमा सबै सम्भाव युवाको हातबाट भएको छ युवाले नेतृत्व गरेका क्रान्तिहरु सफल भएका छ । क्रान्तिमा युवाको महत्त्वपूर्ण भुमिका हुने गरेको छ । युवाको जोस् जागर सीप कला स्वदेशमा खर्चिने गरि क्षामता र दक्षाताको उच्च सम्मान सहित उत्पादनमूलक कामको जिम्मेवारीबाट अघि बढ्ने गरि यो सम्मेलनले नीति पास गर्नु पर्छ । अब खाडिमा कुखुरा हेर्ने युवालाई कर्णाली मा नै कुखुरा पाल्ने बाताबरण बनाउने नीति बनाउन जरिरि छ । कर्णाली का 10 जिल्ला 12 संघिय निर्बाचन क्षत्र र 24 प्रादेशिक निर्वाचन क्षत्रमा त्यहाँको उत्पादकत्व र बस्तुको पकेट जोन स्थापना सहित 1 निर्बाचन क्षत्र एक एक अनुसन्धान केन्द्र स्थापना गरौ र बिद्यार्थी लाई पढ्दै कमाउदै गर्ने बाताबरण सृजना गरि बाहिर पढ्दै कमाउदै गर्ने जनशक्ति लाई यतै ब्यस्त बनाउ यस्मा उत्पादन को दायरा फराकिलो बनाउनु पर्छ हाम्रो समाजले उत्पादन कृषि बस्तुलाई मात्र बुझ्छ तयो हैन , अौजार , सप्टोयर , अन्नबालि , पशुबस्तु , लत्ताकपडा , दक्ष जनशक्ति सबै खाले उत्पादन केन्द्र सथापना गर्ने र यो उत्पादन केन्द्र बाट उत्पादन भएका बस्तुको संकलन , प्रसोधन र बजारिकरणको जिम्मेवारि राज्यले लिने बाताबरण तयार प्नु पर्छ राज्य नीति बनाउनु पर्छु ।
कर्णालीको 2079को जनगणना अनुसार 16 लाख 94 हजार 8 सय 89 रहेको छ भने घरधुरि संख्या 3 लाख 71 हजार 1 सय 25 रहेको छ 1 सय परिवारका लागि 1 जना बर्षभरि आलु फलाउने रोजगार हुन्छ उस्ले एक सय परिवारलाई दिनको आधाकेजि आलु रु 10 ले मात्र बेचे पनि 100×10×30= 30 हजार मासिक बस्छ भने 371125÷100=3711 जस्मा 3 हजार 7 सय 11 जना कर्णाली मा आलु उत्पादन गर्न मात्र पुर्ण रोजगार दिन सक्छौ यस्तै 1) आलु 2) लसुन 3) प्याज 4 ) कम्कै र गहुँ 5) स्याउ ओखर 6) फापर र कोदो 7) कागति सुन्तला आँप अनार 9 ) केरा 10) भेटा च्याङ्रा 11) बाख्रा 13 ) गाई भैंसी 14 ) माछा 15) मौरि 16) हाँस कुखुरा कलिज 17) धान जौ 18) सिमि भटमास ,मास गहत यत्ति कृषि बस्तुको मात्र जोन बनाउने र उत्पादन क्षत्र बनाएर उत्पादन बिग्रेट का लागि 18 देखि 50 उमेर समुहका जनशक्ति परिचालन गर्दा 18 ×3711= 66 हजार 8 सय 2 जनालाई मासिक 30 हजार बच्ने गरि काम दिन सकिन्छ यत्ति जनशक्ति परिचालन गर्दा अन्य संकलन प्रसोधन , बजारिकरण मा यस्को 1 तिहाईलाई रोजगार दिदा झन्डै एक लागि यसैमा मात्र रोजगार हुन्छन भने आम्सिक यस्को दोब्बर छदैछन र अबका शिक्षालय बहु आयामिक र बहुप्राबिधिक हुनापर्छन र यसैमा हाम्रो नीति प्रष्ट हुनु पर्छ अनि 4 लाख हाराहारि घरधुरिमा 1 लाख कृषि उत्पादन , 1 लाख प्रसोधन र बजारिकरण 1 लाख प्रसासनिक र प्राबिधिक र 1 लाख सिभिल निमार्ण सप्ट्वयर निर्माण ईलेक्ट्रिकल निर्माण मा पुर्ण रोजगारी सृजना गरेर एक घर एक पुर्ण रोजगार बनाउने नीति सबै खाले बिज्ञ को छलफल गरि पुर्ण खाका तयार गरेर अबको कर्णाली राष्ट्रिय युवा संको नेतिबाट बात्र सम्भावना छ भन्ने सबैको मनमुटुमा बस्नु पर्छ र कर्णाली जुरुक्क उठाएर कर्णाली समृद्धि को आधार शिला बनाएर उदाहरण को रुपमा उभयाउनु पर्छ माक्सले परिकल्पना गरेको विश्व र अहिले राष्ट्रिय युवा संघले परिकल्पना गरेको कर्णाली त्यो भन्दा अग्रगामि र दुरदर्सि साबित गर्ने नीति बनाएर अघि बढे मात्र अहिलेको युवा पुस्ता र मसाजको माग र आबस्यकता लाई परिपुर्ति गरेर असल संगठन अनि कम्युनिस्ट पार्टीको राजकत्व माउ पार्टिले ग्रहण गर्न सक्छ नत्र पार्टीको नारा झन्डा र डन्डा बोक्ने संगठन बनाउने हो भने 10 बर्षिय माओवादी युद्धमा लागेका जनमुक्ति सेनाको संगठन जस्तै युद्ध चुनाब सम्म अबतरण गरायो न त्यो सस्थागत गराउन काम ललाग्यो न रोजगार नै रहिरहयो निस्चित स्वार्थ पूरा गरेपछि अलपत्र परेजस्तै अलपत्र हुन्छ त्यसैले परिपक्क युगको आवान र आबस्यकतामा मेल खाने नीति पास पछि नेतृत्वको आबस्यकता र परिपुर्ति हुने छ हाम्रो चाहाना र सुझाब यहाँ केन्द्रित भएको छ ।
 कुशल ,सक्षम र सृजनशिल नेतृत्व :- नेतृत्व सृजनशिल हुनुपर्छ नेतृत्व माथिल्लो आदेश कुरेर बस्ने एकोहोरो सैन्य अनुसासन को हुदा उ गन्तव्य बिहिन हुन्छ नेतृत्व बहुप्रतिभाशालि र चतुर हुनुपर्छ । गाउँघरमा काम नगरेर हात हल्लाएर दिनभर घुम्ने र दुई मान्छे जम्मा भएको ठाउँमा गएर कुरा गरि लाग्नेलाई नेता भन्छन यो मोडलको नेता भएर समाज परिवर्तन र संगठन चुस्तताको परिकल्पना गर्न असम्भव हुन्छ । नेतृत्व समाज पढेको हुनुपर्छ । अगाडि खडा भएका सामाजिक अबरोध का पर्खालहरु भत्तकाउन सक्ने हिक्मत भएको हुनुपर्दछ । संकटमा संघर्ष र बन्धन भित्रबाट निकाश निकाल्ने नेतृत्व हुदा मात्र सफलताको बिच हात पार्न सकिन्छ । जसले आफ्नो समाज विश्लेषण धरातलीय यथार्थमा रहेर राम्ररी केलाएर अगाडि बढे तिनीहरू सफल भएका छन यस्तो खालको नेतृत्व हुदा हाम्रो माउ पार्टी र गौरबशालि संगठनको भाब समाजमा सम्प्रेसण गर्न सकिन्छ । नयाँ जोस् , जाँगर चरम इच्छाशक्ति भएको उमेर समुहको संगठन भएको कारण समाज परिवर्तनको खाका कोर्न सक्ने , जनशक्ति परिचालन दखल्ता देखाउने , दुर्ब्यशनिले नछोएको , समाजिक रुपमा कुनैखालका आरोप नलागेको नेतृत्व नै अहिलेको जनचाहाना अनुसारको समाजिक सुवाउदो हुन्छ ।
आफैमा बिबादित नेतृत्व भएको संगठन हुदा न त्यो समाज रुपान्तरण गर्न सक्षम हुन्छ न कसैले पत्याउछ र उ प्रति केन्द्रीकृत गराउन सकिन्छ दुबै खाले संकटको घेराबन्दी हुन्छ र एसको बिकाश क्रम ओरालो लाग्छ । हिजो विश्व हल्लाउने लेनिन , माक्स ,एङ्गेल्स चे लगाएतका नेतृत्व 18 देखि 25 उमेर समुहबाट क्रान्ति मा होमिएर सोच्छ छबिका साथ ब्याक्तिगत जीवन पुर्ण त्याग्न सक्ने हिक्मत राखेर सफल भएको अध्यान गर्न सकिन्छ । नेपालीमा भएका विभिन्न परिवर्तनका आन्दोलन युवाले सुरु गरेका छन राणा बिरुद्धका आन्दोलन , बहुदल बिरुद्ध का आन्दोलन , पंच्यायत बिरुद्धको आन्दोलन पहिलो र दोस्रो जनआन्दोलन र राजतन्त्र बिरुद्ध को आन्दोलन र जनयुद्धको नेतृत्व देखि लिएर बहुदलिय ब्यबस्थाका लागि पार्टी निर्माण गर्दा बिद्यार्थी हरुको समुहबाट सुरुवाति भएका छन र नवीन सोचका साथ परिबर्तन का आन्दोलन भएर सफल भएका छन । युवा नै परिबर्तन को बाहाक युवा नै राज्यको मेरुदण्ड भएको ले यसको परिचालन गर्ने अहिले सम्मा समाज रुपान्तरण मा कुसलता देखाएको नेतृत्व नै समयको माग हो उमेर समुहले मात्र पुग्दैन उ भित्रको साहास , दक्षता र सृजनशिलताको गुणले मात्र सफल नेतृत्व बनाउने हो ।
नीति र नेतृत्वले नै सबै कुराको निर्धारण गर्ने हुदा म हैन युवाले मेरो मान्छेले नेतृत्व गर्नु पर्छ भन्ने भावना पलाउनु पर्छ म बिना केही छैन हैन हामी सबै बिना केही छैन हामी सबै हामी एक मालामा उनेर राख्नु पर्छ भन्ने भाबनाका साथ सबैलाई माला बनाएर राख्ने हिक्मत जाग्नु पर्छ यो गुण भएको नेतृत्व जन्माउन र अबसर दिन पार्टी नेतृत्व सफल हुनुपर्छ । पार्टी नेतृत्व परिवारबाद , नातावाद , भेगियता क्षत्रियता र जातियताको वरिपरि घुम्यो भने उ बिलयको बाटोतिर उन्मुख छ भन्ने प्रष्ट देखाउछ धेरै ईतिहास छन जो निस्चित घेरामा पस्न वा लिप्त हुन्छ त्यो साङुरिदै जान्छ । यस्तो कुरामा माउ पार्टीको नेतृत्व चुक्नु हुन्न कम्मलको महत्त्व जब थाहा हुन्छ त्यो बेला कार्तिकको सिरेटोले सताउछ त्यस्तै बिपक्षको वचन र प्रभाबले जब पोल्छ त्यति खेर थाहा हुन्छ आन्तरिक किचलो ,अक्षम नेतृत्वको प्रभाव , अन्तरघातको असर त्यसैले आन्तरिक लडाइ नितिको लागि हुनु पर्छ नेतृ छनोटमा हैन नेतृत्व माथिबाट हैन तलबाट र प्रतिनिधित्वको बिचबाट समाजबादि ढंगबाट जनबादि तरिकाले छनोट गर्दा हामी सबै सफल हुन्छौ र समाज रुपान्तरण मा ठूलो टेवा पुग्नेमा दुइमत रहन्न यहि नै अहिलेको चाहाना र आबस्यकता हो ।
अनतमा यो राष्ट्रिय युवा संघको प्रथम सम्मेलनले सहि नीति र नेतृत्व निर्माण गरोस् हाम्रो माउ पार्टी नेकपा एमाले को नेतृत्वको समृद्ध नेपाल सुखि नेपाली को नारालाई साहाकार पारोस् जनचाहाना अनुसार काम गर्ने नेतृत्व चयन गरोस् जनजिबिका अनुसार र बेथिथिको बिरुद्ध लड्ने संगठन निर्माण गरोस् सम्मेलन सभ्य युवाको परिचय दिने गरि भब्य र सब्य सम्पन्नता साथै सफलताको शुभकामना ब्यक्त गर्दछु ।