८ महिनामै मिनी मार्केट ६ सय ६ मिटर सडक रास्कोटमा कालोपत्रे सम्पन्न

८ महिनामै ३९ सटरवाला मिनी मार्केट पक्की भवन र ६ सय ६ मिटर सडक कालोपत्रे सम्पन्न भएको छ

कालिकोटको रास्कोट नगरपालिका केन्द्र र आसपासमा पहिलो पटक सडक कालोपत्रे हुदा यहाँका स्थानिय वासीहरु हर्षित भएका छन । सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाको ११ करोड ६० लाख रकमको लागतमा हाम्रो बसना निर्माण जेभी सुर्खेतले गत वैशाख महिना देखी निर्माण थालेको थियो । निर्माण

१८ महिनामा निर्माण सकिनु पर्ने निर्माण कम्पनी र कार्यालयको सम्झौता रहेपनी बसना निर्माण जेभीले ८ महिनामै ३९ सटरवाला मिनी मार्केट पक्की भवन र ६ सय ६ मिटर सडक कालोपत्रे गरेको हो । ११ करोड ६० लाख रकमै मिनी मार्केट, ६ सय ६ मिटक सडक कालोपत्रे, फापर माण्डु कालाशिल्ला मन्दिर संगै शौचालय समेत निर्माण गरेको कम्पनीका संचालक मानव बमले बताए ।
पहिलो पटक ग्रामिण सडक कालेपत्रे हुनु गौरवको विषय हो । हामिले प्राविधिक जाँच पासकै आधारमा सडक कालोपत्रे र भवन निर्माण गरेका छौँ ।

पछिल्लो समय यहाँ मात्र हैन देशका विभिन्न क्षेत्रमा निर्माणमा ढिलासुस्ती भइरहेको जन गुनासो आएको बेला हामिले १८ महिनाको समय हो । ८ महिनामै निर्माण सम्पन्न गरेको छौँ संचालक बमले भने । नगरपालिकालाई हस्तान्तरण गर्नको लागी अनुगमन गरिएको छ । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही, जुम्ला आयोजना, राजनितिक दलहरुको संयुक्त अनुगमन गरिएको बमले बताए । एक वर्षसम्म कालोपत्रे उप्केको खड्डमा निर्माण कम्पनी र आयोजनाले मर्मत गर्ने प्रतिबद्धता समेत गरिएको जनाइएको छ । पहिलो पटक ग्रामिण सडक कालोपत्रे हुदा यहाँका स्थानिय वासीहरु खुसि भएका छन । ।