१४ औं राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता सुरु

सुर्खेत । कर्णाली प्रदेश स्तरीय १४ औं राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता सोमबारदेखि सुर्खेत स्थित निर्माणाधिन प्रदेश रंगशालामा सुरु भएको हो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश सरकारले खेल क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेको भन्दै यो तयारीलाई दशौं राष्ट्रिय खेलकुदको पूर्व तयारीको रुपमा लिनु पर्ने बताए ।

‘कर्णाली प्रदेश सरकारले खेलाडीले पाउने सेवा सुविधाका बारेमा नयाँ निर्णय गरेको छ यसले हिजोका दिनभन्दा अहिले खेलाडीहरुलाई केहि राहत होला भन्ने आशा लिएको छु, ‘उनले भने,’ ‘अबको १०÷१५ बर्ष भित्र खेल क्षेत्रमा लागेको खेलाडीले आफ्नो भविश्य खेल क्षेत्रमै देख्ने गरी सरकारले काम गर्नु पर्छ ।’

उद्घाटन कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दल नेता यामलाल कडेँलले कर्णाली प्रदेशसँग भएको सिमित श्रोत साधनबाट भए पनि प्रतियोगिताबाट छानिएका खेलाडीहरुलाई बन्द प्रशिक्षणम राखेर देशको सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने गरी कर्णाली प्रदेशले तयारी थाल्नु पर्ने बताए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले कर्णाली प्रदेश सरकारले कर्णालीका खेलाडीहरुले हिजोका दिनमा पाउने सेवा सुविधालाई बढाएकोमा धन्यवाद दिए । उनले अबको दशकमा राष्ट्रिय खेकलुदमा कर्णालीका खेलाडीहरुको बर्चस्व हुने भन्दै आजका दिन जसरी कर्णाली प्रदेश सरकारले खेल क्षेत्रलाई सहयोग गरेको छ त्यो भोलिका दिनमा निरन्तर हुनेमा आशा व्यक्त गरे ।

प्रतियोगितामा कर्णालीका दश वटै जिल्लाका विभिन्न ६ वटा विधाका खेलाडी तथा प्रशिक्षकहरुको सहभागिता रहेको छ । पालिका हुदै जिल्ला स्तरबाट छनौट भई आएका खेलाडीहरुको प्रतिस्पर्धाका आधारमा प्रदेश स्तरीय टिम छनौट हुनेछ ।

प्रतियोगिताको उद्घाटनका अवसरमा उस्सु, कराँते, तेक्वान्दो लगाएतका खेलको डेमो देखाउनुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम प्रर्दशन गरिएको थियो । उद्घाटन कार्यक्रममा निर्णायकको तर्फबाट कराते प्रसिक्षक प्रदिप कुमार राइले सपथ लिएका थिए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदले खेल क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका १० जिल्लाका एक÷एक स्थानीय तहलाई जिल्ला खेलकुद विकास समितिको सिफारिसमा सम्मान गरेको छ । सम्मानित हुने स्थानीय तहहरुमा दैलेख ठाटीकाँध गाउँपालिका, सुर्खेत चौकुने गाउँपालिका, रुकुम पश्चिम सानीभेरी गाउँपालिका, जुम्ला तातोपानी गाउँपालिका, कालिकोट तिलागुफा नगरपालिका, जाजरकोट छेडागाड नगरपालिका, हुम्ला खार्पुनाथ गाउँपालिका, डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका, मुगु सोरु गाउँपालिका र सल्यानको कपुरकोट गाउँपालिका रहेका छन् ।

default
default
default
default
default

default
default