पहिलो राष्ट्रिय ई स्पोर्टस च्याम्पियनसिपमा अधिकारिक उपकरण साझेदार बन्यो टेक्नो पोभा 6

 

ई स्पोर्ट्स संघ नेपाल (इसान) ले यही आगामी असार १४ र १५ मा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गर्ने प्रथम राष्ट्रिय ई स्पोर्टस च्याम्पियनसिपका लागि टेक्नो पोभा ६ आधिकारिक उपकरण साझेदार हुने भएको छ । पब्जी मोबाईल, मोबाईल लिजेन्ड्सः ब्यांग ब्याङ्ग (एमएलबीबी) र ई(फुटबल जस्ता खेलहरू खेलिने  च्याम्पियन सिपको पुरुस्कार राशी (प्राइज पुल) १२ लाख तोकिएको छ। टेक्नो पोभा ६ का उपकरणहरु प्रयोग गरेर प्रतियोगितामा असार १४ गते अनलाइन प्रारम्भिक छनोट र असार १५ मा हुने सेमिफाइनल र फाइनल खेल भौतिक रुपमा सञ्चालन गरिनेछ ।

256 GB ROM  कासाथ 24GB RAM सुपरमेमोरीMEDIATEK HELLOG99,6000mAh ब्याट्री +70 अल्ट्राचार्ज,108 mp डुअलरियर क्यामेरा रहेको छ  ।

टेक्नो मोबाइल फोनको आधिकारिक राष्ट्रिय वितरक महालक्ष्मी मोबाइल्सले नेपालको पहिलो आधिकारिक गेमिङ फोनको रुपमा जुन १६ मा टेक्नो पोभा ६ सार्वजनिक गरेको थियो । यस अघि पनि टेक्नो स्पार्क २० प्रो प्लस को रिलिजले नेपालमा निकै लोकप्रियता पाएको कर्णली प्रदेशका टेक्नो मोबाइलका आधिकारिक बिक्रेता सिंह राज बमले बताउनु भयो ।