कर्णालीका नागरिकले दुई प्रतिशत ब्याजदरमा ऋण पाउने

सुर्खेत : कर्णालीका नागरिकले वार्षिक दुई प्रतिशत ब्याजदरमा ऋण पाउने भएका छन् । कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उघम गर्न चाहाने नागरिकका लागि प्रदेश सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।  कर्णाली प्रदेशका १० वटै जिल्लाका  नागरिकले अब उद्यम गर्न चाहेमा सस्तो ब्याजदरमा ऋण पाउने …

नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोलि कर्णाली प्रदेशमा smartkarnali

नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोली मुगु जुम्ला हुदै कालिकोट हुँदै प्रदेश राजधानी सुर्खेत पुगेको छ । नेपाल स्वयमसेवक संघको भातृ संगठन युवा संगठनका केन्द्रीय अध्यक्ष जन्जित पुरुष उपाध्यक्ष जिवन भुसाल सुदुरपश्चिम प्रदेश संयोजक हिक्मत शाह कर्णाली प्रदेश संयोजक मिलन शाही लगायतको टोलि मुगुका जिल्ला कार्यसमिति अध्यक्ष बालचन्द्र कार्की लगायतका …

मुगु लग्नुपर्ने चामल भक्तपुर पठाए सरकार राजनीति खिचातानी मा ब्यस्त जनता भोकै

सुर्खेत – मंगलबार, कात्तिक १८, मुगु लग्नुपर्ने अनुदानको चामल भक्तपुर पठाएपछि… कर्णालीका लागि आएको अनुदान(सहुलियत) को चामल अन्यत्र लैजाने ढुवानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका आपूर्तिकर्ता तथा शर्मा ढुवानी सेवाका सञ्चालक वासुदेव शर्मा रहेका छन्। उनलाई प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको हो। कम्पनीको वीरेन्द्रनगरस्थित …

कर्णालीको रारामा फोरजी सेवा

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको रारामा फोरजी सेवा सुचारु गरिएको छ नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर नेपाल टेलिकमले द्रूत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो। बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम सुर्खेतका लेखा अधिकृत विमल पोखरेलले जानकारी दिए। टेलिकमले राराको हुटुमा फोरजीको टावर राखेको …

नेपाल भ्रमण बर्ष २०२०-कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोट

सुर्खेत । नेपाल भ्रमण बर्ष २०२० का लागि कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोटमा परेका छन् । छनोटमा परेका कर्णालीका ४० पर्यटकीय स्थलमध्य २० वटा स्थानलाई अन्तराष्ट्रिय र २० वटालाई राष्ट्रिय रुपमा चिनाउने सरकारको लक्ष्य छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थललाई …

कर्णाली प्रदेश राजधानी जोड्ने सडक ठाँउ ठाँउमा अवरुद्ध, यात्रुलाई सास्ती

सुर्खेत । मुगु, जुम्ला, कालिकोट हुँदै कर्णाली प्रदेश राजधानी सुर्खेत जोड्ने कर्णाली राजमार्ग र सल्यानलाई प्रदेश राजधानी सुर्खेतसँग जोड्ने सडक हिलो र पहिरोले अवरुद्ध भएपछि यातायात सेवा बन्द भएको छ । लगातारको वर्षापछि सडक भत्किँदा कर्णाली राजमार्गमा चल्ने यातायात सेवा प्रभावीत भएका छन् । भने सल्यान–सुर्खेत बस सेवा बन्द भएको …