११औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुदको मुख्य मन्त्री शाही द्धवारा उद्घाटन । कार्यक्रम सान्त र भब्य रुपमा सम्पन्न भएको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव सिहंको भनाई ।

कालिकोट जिल्लाको पलाता गाउपालिकामा ११औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुदको भब्य रुपमा उदघाटन गरिएको छ । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता र समाजिक बिकास मन्त्री दल रावलको बिसेस उपस्तीथिमा ११औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुदको भब्य रुपमा उदघाटन गरिएको हो । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पलाँता ९ थिर्पुको सरस्वती माध्यमिक विद्यालयमा ११औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ ।

कार्यक्रम उद्घाटन सान्त तरिकाबाट सम्पन्न भएको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव खेम बहादुर सिहंले बताउनु भयो । कार्यक्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बम पड्काएर बिथोल्ने प्रयास गरेको छ भन्ने केहि मिडियामा समचार आए पनि त्यो गलत भएको बताउदै कार्यक्रम सान्त तरिकाले उद्घाटन गरि मुख्यमन्त्री सहितको टोली फर्किएको बताउनु भयो ।