पचालझरना जस्तै उचो पालिका बनाउदै सेजुवाल

कालीकोट जिल्लाको पचालझरना गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत हुनुहुन्छ खड्गराज सेजुवाल । २०३७ चैत्र १४ गते स्व. वुवा कर्णजीत सेजुवाल र स्व. आमा दुधकला सेजुवालको कोखबाट साबिकको राम्नाकोट गाविस ५, हालको पचालझरना गाउँपालिका ४ मा सेजुवालको जन्म भएको हो । २०५९ साल बैशाख २९ गते अल्किना बमसँग बैवाहिक सम्बन्धमा गाँसीनुभएका सेजुवालका १ छोरा र २ छोरी छन् । २०४३ सालमा श्री ज्ञानोदय मावि राम्नाकोटमा औपचारिक शिक्षा हाँसील गर्न बिद्यालयमा भर्ना भएको सेजुवालले २०५३ सालमा एसएलसी उत्तिर्ण गर्नुभयो भने प्लस टु सम्मको शिक्षा उहाँले हाँसील गर्नुभएको छ ।

बिद्यालयमा अध्ययन गर्दा गर्दै जातीय विभेद विरुद्ध विशेष अभियानहरुको नेतृत्व, गाउँमा घरेलु मदिरा तथा धुम्रपान विरुद्धको अभियान चलाई केही समय भए पनि रोकथाम गर्न सफल तथा २०५४ सालमा रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र वीरेन्द्रनगर, सुर्खेतमा सेवा गर्ने अवसर पाएपछि नागरिकले सूचना पाउने अधिकारमा थप सहयोगी भूमिका निर्बाहमा क्रियाशिलता देखाई रहने सोचमा छन् अध्यक्ष सेजुवाल ।

पचालझरनालाई सुचिकृतका निम्ति पचालझरना पद यात्रा र पचालझरना पर्यटन महोत्सव २०७५ सम्पन्न, मदिरा निशेध अभियान कार्यान्वयन, गाउँपालिकाका ३ वटा वडामा एक घर एक धारा अभियान कार्यक्रम सम्पन्न, भैंसेसैन देखि ठाँटीसम्म र भुराबगर देखि सर्कासम्म सडक निर्माण कार्य सम्पन्न, प्रत्येक सामुदायिक विद्यालयहरुमा डिजिटल हाजीरको व्यवस्था, प्रत्येक वडामा इन्टरनेट सेवा सुरु गरि नागरिकहरुलाई विकासको स्वाद चखाई सकेका अध्यक्ष सेजुवालका आगामी योजनाहरु पनि महत्वपूर्ण नै छन् ।

गाँपालिकाका सबै टोलमा एक घर, एक धारा अभियान सम्पन्न गर्ने, प्रत्येक गाउँ बस्तिमा सडक संजाल विस्तार गर्ने, प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरि सेवा सुचारु गर्ने, गाउँपालीका स्तरमा सुबिधा सम्पन्न अस्पताल निर्माण गर्ने तथा जातीय छुवाछुत र लिङ्गिय भेदभावको अन्य गरि समुन्नत र सुसँस्कृत समाजको निर्माणमा कहिँ कतै कमजोरी नगर्ने बाचा सहित कार्यान्वयमा क्रियाशिल रहने सोचमा छन् अध्यक्ष सेजुवाल ।

समृद्ध पचालझरना गाउँपालिका निर्माण गर्ने यात्रामा अहोरात्र खटिरहेका अध्यक्ष सेजुवालको जीवनमा जनयुद्धको क्रममा थोल्ममा भएको भिडन्तको बेला आफु ज्यान जोगाई भाग्न सफल भए पनि टिम लिडर पुष्प न्यौपाने र विश्वनाथ गोगी युद्धमा सहीद भएको क्षण अध्यक्ष सेजुवालको जीवनको अबिष्मरणि क्षण बन्यो ।

सामाजिक विकासमा अग्रसरताको कदमलाई निरन्तरता दिइरहने दृढता ब्यक्त गर्ने अध्यक्ष सेजुवाल अध्ययन गर्न रुचाउनु हुन्छ भने छोड्नै पर्ने लत पनि केही छैन र आजको मिति सम्म रक्तदान पनि उहाँले गर्नुभएको छैन ।

राजनितिक यात्रा
२०४८ सालमा एमाले निकट विद्यार्थी संगठनबाट राजनीतिक यात्रा शुरु,
२०५० सालमा कालीकोट जिल्लाको ईलाका नं. २ को इन्चार्ज,
२०५२ सालमा नेकपा एमाले निकट विद्यार्थी संगठनको जिल्ला कमिटि सदस्य,
२०५३ सालमा तत्कालिन नेकपा माओवादी निकट वाईसिएलको गाउँ कमिटि अध्यक्ष,
२०५५ सालबाट भुमिगत राजनीतिको सुरुवात संगै तत्कालिन नेकपा माओवादीको पार्टी सदस्य,
२०५६ सालमा पार्टीको एरीया कमिटी सदस्य र अखिल क्रान्तिकारीको कालीकोट, अछाम र बाजुराको संयोजक,
२०५७ सालमा नेकपा माओवादी कालीकोट, अछाम र बाजुराको जिल्ला अध्यक्ष,
२०५८ सालमा पार्टी जिल्ला कमिटी सदस्य, अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय सदस्य,
२०५९ सालमा पार्टी क्षेत्रीय व्यूरो सदस्य,
२०६० सालमा अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य,
२०६१ सालमा जनमुक्ति सेनाको जिम्मेवारी पाई बटालिएन कमिसार,
२०६४ सालमा विरगेट सहायक कमाण्डर संगै विरगेट सचिवको जिम्मेवारी बहन गर्दै छैटौं डिभीजन दशरथपुरमा,
२०६८ सालमा पार्टी विभाजन संगै नेकपा –माओवादीको युथफोर्सको केन्द्रिय सचिव,
२०७२ सालमा पार्टी एकता संगै माओवादी केन्द्रमा केन्द्रिी्य आयोजक समिति सदस्य तथा वाईसिएल केन्द्रिय सदस्य,
२०७४ सालमा स्थानीय तहको निर्वाचनमा पचालझरना गाउँपालिकाको अध्यक्षमा निर्वाचित ।

सफलताको बाटो ।