रिपोर्टर्स क्लब नेपाल सुर्खेत शाखाको नयाँ कार्य समिति चयन ।

रिपोर्टर्स क्लब नेपाल जिल्ला कार्यसमिति सुर्खेतको नया कार्यसमिति चयन गरिएको छ ।

रिर्पोटर्स क्लव कर्णाली प्रदेश सभापति लंकराज धमालाको प्रमुख आतिथ्यता र महासचिव सुसिल खड्काको उपस्थिितिमा कार्य समिति चयन गरिएको हो ।
जगतदल जनालाको अध्यक्षतामा गठीत समितिमा उपाध्यक्षमा रमा केसी , सचिवमा हृदय रिमाल, सहसचिवमा विष्णु सापकोटा, कोषाध्यक्षमा पूर्ण वहादुर खड्का, सदस्यमा दिनेश बुढा, चेतनारायण पाण्डे लगायत ९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरिएको हो

प्रदेश सभापति लंक धमालाले नवगठित पदाधिकारीलाई बधाई तथा शुभकामना दिदै रिर्पोटर्स क्लव नेपालले गाउगाउमा पुगेर आम नागरिकका आवाज बुलन्द पार्ने गरी काम गर्न आग्रह गर्नुभयो ।  उहाँले आगामी दिनमा रिर्पोटर्स क्लव जिल्ला समिति सुर्खेत देशकै नमुना बन्नुपर्ने धारणा अघि अघि सार्नुभयो । यस्तै प्रदेश महासचिव शुसिल खड्काले नयाँ समितिमा निर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै जिल्लाको समग्र विकासका लागी रिर्पोटर्स क्लवको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।