हंशकलाको आवाजमा रहेको देउडा गीत ‘काँ छै रंगी सुवा

नव गायिका हंशकला तिमिल्सैनाको आवाजमा रहेको देउडा गीत र्साजनिक भएको छ । ‘काँ छै रंगी सुवा’ बोलको देउडा गीतबाट तिमिल्सैनाले गायन यात्रा सुरुवात गरेकी हुन् ।

सुरिलो आवाज भएकी नव गायिका तिमिल्सैना बिभिन्न मेला महोत्सवमा पनि गाउने गर्छिन् । सुदुरपश्चिमको अछाम जिल्लामा घरभएकि तिमिल्सैना अहिले स्नातक तहमा कैलालीको लम्की स्थित तेस्रो बर्षमा अध्यायन गरिरहेकि छन् ।

उनि गायनमा मात्रै नभएर एक खेलाडी पनि हुन् । अछाममा हुकेर्की उनि भलिवलमा राम्रो समभावना बोकेकी खेलाडी हुन् । तिमिल्सैनाले जिल्ला तथा नगरक्षेत्रमा हुने बिभिन्न खेलकुदमा सहभागिता जनाउछिन् ।

गायनमा राम्रो क्षमता पदर्शन गर्न सक्ने तिमिल्सैनाले लोक प्रिय गायक महेन्द्र बिकसंग ‘काँ छै रंगी सुवा’बोलको गीत गाउदै सांगीतिक यात्रा सुरु गरेकी हुन् । महेन्द्र बिककै शव्द संगीतमा रहेको गीतको भिडियोमा रेवन्ति बिक र प्रविन बिकले अभिनय गरेका छन् ।

यो भिडियोको निर्देशन भने निर्देशक भवानी रेग्मीले गरेका छन् ।