युबा हरु द्वारा गाउपालिका अध्यक्ष लाइ खुला पत्र

महावै गाउँपालिकालाई युवाहरुले गाउपालिका अध्यक्ष र सम्पुर्ण वडा का अध्यक्ष लाइ खुला पत्र पेस गरेका छन।बिश्व भरी फैलिरहेको कोरोना भाइरस बिरुद्ध स्थानिय सरकार निकै सक्रिय भयर अगाडी बढ्न समेत अनुरोध गरेका छन।

खुल्ला पत्र

श्री गाउँपालिका अध्यक्ष , उपाध्यक्ष र सम्पुर्ण वडाका वडा अध्यक्षज्यु ,महावै गाउँपालिका, कालिकोट । COVID -19 अथवा नोबेल कोरोना भाइरसले बिश्व नै त्रसित त भयावह भएको अबस्थामा नेपालमा पनि यसको प्रभाव बढेसङ्गै सरकार बाट देश पुरै लगडाउन को आवान भए पश्यात भौतिक शरीर गाउँ बाट टाढा भए पनि यति बेला यो मन दिमाग हर पल त्यो गाउँ सम्झी रहेको छ ,ती झुपडी र बुवा आमा, समाज सम्झिरझेका छौ । हामी टाढा भए पनि सरकारवालाहरु लाई झक्झक्याउनु र उहाँहरुलाई केही सल्लाह दिनु हामी युवाहरुको कर्तव्य ठानी हामिले केही कोरोना सम्बन्धि जानकारी दिन खोजेका छौ यसलाई विनम्र पुर्बक अनुसरण गरिदिन अनुरोद गर्दछौ ।

चाईना को हुवेई प्रान्त बाट फैलिएको COVID-19 अथवा कोरोना चीन भारत अमेरिका इटली लगएत बिश्व का १९९ वटा देश मा ६७७९३८ जनामा संक्रमण ३१७४६जनाले ज्यान गुमाईसकेका छन र १४६३१९ जनालाई उपचार पछि सञ्चो भैसकेको छ । नेपालमा पनि अहिलेसम्म पाँच जनामा कोरोनाको संक्रमण देखियको र एक जनालाइ उपचार पछि सन्चो भैसकेको छ।यति बेला बिश्व का ठुला ठुला देश हरु पनि निकै शोकमा देखिन्छ्न । यो रोग लाग्ने बित्तिकै मान्छे मर्दैन र लागी हाले समयमै उपचार गर्यो र साबधानी अपनायो भने सन्चो हुन्छ | रक्सी खाए सन्चो हुन्छ,कोइलाको टीका लायो भने सन्चो हुन्छ जस्ता भ्रम र अन्नेक नहुने हल्लाहरु फैलाएर गाउका जनता हरु लाई त्रसित बनाउने काम भएको छ, यसमा सम्बन्धित निकाएको ध्यान जावस। साथै यससम्बन्धी जनतालाई जनचेतना जगाउन ठाउँ ठाउमा कोरोनाका सम्बन्दी निकाय को ध्यान जान जरुरी छ।
मौसम परीबर्तनसंगै मौसमी रुघाखोकी पनि देखा पर्ने भयकाले जनमानसमा कोरोना र मौसमी रुघाखोकी छुटाउन गार्यो परीरहेको यो अवस्थामा सम्पुर्ण गाउबासीलाइ यो सम्बन्धि जनचेतना दिन जरुरी छ।जरो 102°F भन्दा माथी देखा पर्यो भने मात्र कोरोनाको लक्षण देखा पर्ने भयकाले यो सम्बन्धि जनमानसमा जानकारी दिन जरुरी छ।तसर्थ , महावै गाउपालिकालाई निम्न उल्लेखीत कुरामा ध्यान दिन अपिल गर्दछौ।

१) नेपाल सरकारले गरेको लक्डाउन को निर्णय लाई सिङगो देशले पुर्ण रुपमा पालना गरीरहेको यो कठिन अवस्थामा सम्बन्धित गाउपलिकाले पनि लक्डाउन को पालना गराउने र भिडभाड मा जान रोक लगाउने ।
२) भारत तथा अन्य मुलुक बाट आएका सम्पुर्ण नागरीकहरुको तथ्यांक तयार गरि होम क्वारेन्टाइन मा बस्न अनुरोध गर्ने ।
३) महावै गाउँपालिकाका सम्पुर्ण वडा मा रहेका स्वास्थ सस्थाहरुमा उपलब्ध स्रोत र साधनको उपयोग गरि आईसोलेसन बेड को व्याबस्था गर्ने ।आबस्यक परेको खन्डमा विद्यालयलाइ प्रयोग गर्नेगरि तयारीमा राख्ने।
४) केन्द्रिय र प्रदेश सरकार सङ्ग निरन्तर जोडिएर तत्काल केही समस्या आए हेलि दारा बिरामी को उद्दार गर्न सहजीकरण गर्ने र आवश्यक औषधि र अरु सामाग्री को व्यवस्था गर्ने ।
५) कोरोनाले दिर्घरोगी , बृद्ध र बालबच्चा लाई बढी असर गर्ने भएकोले उनिहरुलाई विशेष प्राथमिकतामा राखी रेखदेख गर्ने ।
६)महावै गाउपालिकामा कार्यरत सम्पुर्ण स्वस्थ्यकमीलाइ निर्धक्क उपचार गर्नका लागि आबस्यक पर्ने सम्पुर्ण सुरक्षा सामग्री ,औषधि र उपकरणको ब्यबस्था गर्ने ।
७) सम्पुर्ण स्वास्थ चौकी मा कार्यरत स्वास्थ कर्मी को सम्पर्क नम्बर सबैलाइ उपलब्ध गराउने, जहाँ बिरामी त्यहा स्वास्थकर्मीलाइ उपचार गर्न अनुरोध गर्ने र सो अनुसार प्रोत्साहन भत्ताको ब्याब्था गर्ने ।

८)गाँउपालिकाका सम्पुर्ण वडा हरु मा निसुल्क साबुन सेनिटाईजर र माक्स बितरण गर्ने र प्रत्यक वडा कार्यलय अथवा सर्बजनिक स्थल ,घरहरु मा कोरोना बारे पम्पलेट तथा चित्र सहित का जनचेतना जगाउने पम्पलेट टास्ने ।
९)गाउँमा उपलन्ध खाद्यान्नलाइ यो कठिन अवस्थामा सबैलाइ बाढेर समस्या हल गर्न अनुरोध गर्ने।
१०) देशको लकडाउन् को स्थित हेरि गाउँ मा निम्न आय भएका एक छाक खान ज्याला मजदुरी गर्ने निम्न परिवार लाई राहत को व्याबस्था गर्ने ।
११)महावै गाउँपालिका भौगोलिक हिसाबले निकै बिकट भएको कुरा यहाँ हरुलाई अबगत नै छ यातायात को असुबिधा भएको ले प्रत्येक गाउँका युवा हरु लाई प्रेरित गरि स्वयंमता अपनाएर बिरामी लाई जिल्ला अस्पताल सम्म ल्याउने अथवा यातायात को पहुँच भएको ठाउँ सम्म ल्याउने व्यवस्था गर्ने ।
१२)गाउपालीकको नाममा बिपद कोष इस्थापना गर्ने र सो सन्कलित रकम आवश्यक परेको खन्डमा खर्च गर्ने ब्यबस्था गर्ने।

यस विषम परिस्थितिमा हामी यो नौ डाडा पारी बाट हाम्रा सम्पुर्ण महाबै गाउपालिका बासी आदरणीय आमाबुवा ,दाजुभाइ ,दिदीबैनीलाइ गाउपालिकाका सम्पुर्ण जनप्रतिनिधि ,सरोकार वाला ,स्वस्थकर्मी र सुरक्षाकर्मीसंग सहजीकरण गरि यस महामारीलाई निराकरण गर्न सङगै हातेमालो गरि अघि बढ्न बिनम्र अपिल गर्दछौ।
धन्यबाद
राजन अधिकारी “आँसु “महावै ७ राम्नी हाल चितवन
सन्तोष कुमार थापा महावै ६ कुनि हाल काठमाडौ