महावै गाउँपालिकाको अध्यक्षमा खेम बहादुर सिंह (भिजन)सर्वसम्मत सिफारिस

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)महावै गाउँपालिकाको अध्यक्षमा खेम बहादुर सिंह (भिजन) र उपाध्यक्षमा कृष्णकला शाही,काफ्ले(विनिता) लाई सर्वसम्मत सिफारिस गरेको छ।

नेकपा माओवादी केन्द्र महावै गाउँ कमिटीको बैठकले अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत रुपमा प्रदेश कमिटी लाई सिफारिस गरेको हो ।नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी एवं महावै गाउँ कमिटी इन्चार्ज समेत रहेका सिंह पूर्व कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख स्वकीय सचिव समेत भएका थिए।कालिकोट जिल्लाका लोकप्रिय युवा नेता सिंह सो गाउँपालिकामा समाजसेवीको रुपमा परिचित छन् । आफू भ्रष्टचारविरुद्ध र विभिन्न सामाजिक विभेदविरुद्धको आन्दोलनमा पनि लागेको सिंहले बताए ।‘मैले काम गर्ने र आफैँलाई प्रमाणित गर्ने ठाउँ स्थानीय तह हो।

जनताको आधारभूत आवश्यकता कृषि,शिक्षामा परिवर्तनका लागि पनि गाँउपालिकाबाटै काम गर्न सकिने भएकाले यस्तो निर्णयमा पुगेको उनले बताए ।‘आजको समस्या भ्रष्टचार हो,गफ गर्ने तर काम नगर्ने क्षेत्र कृषि बनेको छ। कृषिमै केही गर्न सक्यो भने पनि त्यो ठूलो कुरा हुन्छ,’ उनले बताए ।१० बर्षको जनयुद्धमा अखिल क्रान्तिकारीबाट राजनीति गर्दै आएका सिंह पार्टीको महत्त्वपूर्ण भुमिकामा रहेका छन् ।