माओवादीमय बन्दै राष्कोट नगरपालिका,चुनाव प्रचार प्रशार तिब्र गतिमा हुदै

कालिकोट जिल्लाको राष्कोट नगरपालिकामा आगामि बैशाख ३० गते हुने स्थानिय तहको निर्बाचनको लागी बिभिन्न पार्टी चुनाव प्रचार प्रशारमा लागेका छन् । राष्कोट नगरपालिकामा साझा गठबन्धनबाट साझा उम्मेद्धार नगर प्रमुख धर्मराज शाही (पोषण) र उप प्रमुखमा मनिराज बराल रहेका छन् । राष्कोट नगरपािलकामा साझा गठबन्धनका उम्मेद्धार र नेपाली कांग्रेस बाट नगर प्रमुखमा नवराज बराल,उप प्रमुखमा रजन पुरा महतारा ,नेकपा एमाले बाट दयाराम सिम्खाडा उप प्रमुखमा उमा शाही स्वतन्त्र बाट नगर प्रमुखमा धिरिन्दा उपाध्याय (भृकुटी)उप प्रमुखमा फुल्टौरा बि.क. (क.छाया) र उप प्रमुखमा राप्रपा बाट अम्म उपाध्याय गरि ४ जनाको नगर प्रमुख र ५ जनाको उप.प्रमुख चुनाबी मैदानमा उत्रिएकाछन् । मत सर्भेक्षणको आधारमा साझा गठबन्धनका उम्मेद्धार संग नेकपा एमालेका उम्मेद्धारको झिनो प्रतिसप्रदा हुने सम्भावना देखिएको छ ।

राष्कोट नगरपालिकामा नेकपा माओबादी केन्द्रले २०७४ को स्थानिय चुनावमा प्रमुख र उप प्रमुख सहित ९ वटा वडा मध्य ५ ओटा वडा सहित बहुमतले बिजय हासिल गरेको थियो । अहिलेको निर्बाचनमा एकिकृत समाज बादी र नेकपा माओबादी केन्द्र बिच गठबन्धन गरेर गठबन्धनका साझा उम्मेद्धारको रुपमा नेकपा माओबादी केन्द्रबाट नगर प्रमुखमा धर्मराज शाही (पोषण) र समाजबादी बाट उप प्रमुखमा मनिराज बराल रहेका छन् ।

अहिले राष्कोट नगर पालिकामा गठबन्धनले चुनाव जित्ने सुनिश्ति देखिएको छ । राष्कोट नगरपालिकामा गठबन्धन र नेकपा एमाले बिच प्रतिश प्रर्दा हुने देखिय पनि एमालेका मत स्वतन्त्र उम्मेद्धार र नेपाली काँग्रेशले काटे पछि गठबन्धनले सुनिश्चित बिजय हासिल गर्ने संकेत देखिएको छ ।साझा गठबन्धनका दुबै उम्मेद्धार राष्कोटमा अरु उम्मेद्धार भन्दा बलियो उम्मेद्धारको रुपमा देखियका छन् ।