योजना तर्जुमा गोष्ठी सम्पन्न शिक्षा र स्वास्थ्यलाइ पहिलो प्राथमिक्ता दिन्छौ -अध्यक्ष बम

कालिकोट जिल्लाको पलाता गाउँ पालिका वडा नम्बर ७ को योजना तर्जुमा गोष्ठी सम्पन्न गर्दै शिक्षा र स्वास्थ्य लाइ पहिलो प्राथमिक्ता दिने अध्यक्ष बमले बताउनु भएको छ । यस्तै चुलो चर्पी र सोलारको ब्यबस्था गर्ने भएको छ । वडा नागरिक मञ्च, बिभिन्न समिति एवं संघ संस्थाका पदाधिकारीहरू, राजनैतिक दलका प्रतिनिधिहरू एवम सरोकारवाला हरूको उपस्थितिमा छलफल भई कार्यक्रम सम्पन्न भएको हो । योजना तर्जुको गोष्टिले वडा न ७ मा रहेका सम्पुर्ण घरहरु लाई चुलो र दलित बस्तिलाइ चुलो सोलार र ट्वाइलेटको लागि बिसेश ध्यानदिदै पूरा गर्ने स्वतन्त्र वडा अध्यक्ष कल बहादुर बम (उमेश) को भनाई छ ।

उहाले थप भेलालाई सम्बोधन गर्दै बजेटको सिलिङ थोरै भए पनि दीगो र प्रभावकारी हुने गरी विकास निर्माणमा बजेट विनियोजन गर्ने बताउदै वडा भित्रका जनताको माग र चाहना अनुसार आएका योजनालाई प्राथमिकिकरण गरी छनोट गरेर बजेट विनियोजन गर्ने बताउनु भयो ।

भेलाको समापन गर्दै वडा अध्यक्ष बमले वडामार्फत स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्नेगरी योजना छनोट र बजेट विनियोजन गरिने छ । वडाको समस्या समाधान गर्नका लागि आफूहरु प्रतिबद्ध रहेको बताउँदै प्राप्त बजेट वडाभित्र विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी घाइते अपाङ् सहिद परिवार एकल महिला र बृद आमा बुवा हरुलाइ बिसेश गरि उपचार हरेक समस्या मध्यनजर गर्ने अति आवश्यक क्षेत्रमा विनियोजन गरी परिचालन गरिने बताएका छन । वडा कार्यलय नभइ हरेक जनताका काम काज गर्नमा बादा भयकोले तत्काल आफ्नै वडा भबन लगाउनको लागि गाउपालिका सरकार संग अनुरोध गर्ने र भबन लगाउन सुरु गर्ने वडा न ७ का चार वटा टोल फागोटि दैनिकर पारौटि दुर्सि र गडवालि टोल भित्र पर्ने सार्बजनिक ठाउलाइ छनोट गरि साबजनिक ट्वाइलेटको निर्माण गरि संन्चालन गर्ने निणय गरियो र उक्त सबैटोलमा अटो सोलार जडानगरि नागरिगक लाई सहज पर्ने निणय गरिएको बताउनु भयो।