दिक्पाल कुमार शाही प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारी

सुर्खेत : नेपाली कांग्रेसका नेता दिक्पाल शाहीले दैलेख क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारी गरेका छन् ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति तय गरेसँगै नेताहरू पार्टीभित्र टिकट पाउनको लागि लबिङ गर्न थालेका छन्।
यहीबीच नेपाली काँग्रेस दैलेखका वरिष्ठ नेता र महाधिवेशन प्रतिनिधिसमेत रहेका शाहीले दैलेख जिल्ला क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने तयारी गरेका हुन्।
शाहीले युवाहरूको माग र पाका नेताहरूको चाहना तथा सुझाव अनुसार नै आफू संघीय चुनावको उम्मेदवार बन्ने तयारीमा जुटेको बताए।
चामुण्डा बिन्द्रासैनी नगरपालिका ६ जम्पुकाँध नीवासी शाही कांग्रेसको माहाधिवेशन प्रतिनिधिमा समेत विजय हुनुभयको थियो। उनले दैलेखका जनताको चहाना विकाश र समृद्धि रहेकाले त्यसका लागि आफू योग्य व्यक्ति भएको बताएका छन्।
‘अहिले नेपाली जनताले युवा जोशलाई खोजिरहेका छन्।
बैकल्पिक व्यक्तिको उदय भइरहेको समयमा पार्टीमा उनीहरूलाई परास्त गर्न पार्टी नेतृत्वले युवाहरूको भावनालाई समेट्नेमा मविश्वस्त छु,’ शाहीले भने, ‘म विद्यार्थी राजनीतिबाट नै संघर्ष गर्दै आएको व्यक्ति भएकाले पनि यो पटक प्रतिनिधि सभामा मेरो पालो हो।’

चुनावमा युवाहरूको उपस्थिति हुनुपर्नेमा आफू दृढ रहेको शाही बताउँछन्। बारम्बार एउटै व्यक्तिले अवसर पाएर काम नगरेको विगतलाई दृष्टिगत गर्दै युवा ऊर्जालाई पनि प्रेरित गर्नूपर्ने उनको भनाइ रहेको निजि सचिव एवम प्रदेश सह-सचिव मिलन शाहीले जान्कारी दिनुभयो ।