आर्थिक मामिला तथा योजना मन्त्रीमा शाह

कर्णाली प्रदेश सुर्खेत: कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी बिनोद शाहलाई दिइएको छ । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै मन्त्रिपरिषद विस्तार गरी मन्त्रीहरुको जिम्मेवारी तोकेका छन । सात , सदस्यीय मन्त्रिपरिषदमा माओवादीबाट मुख्यमन्त्रीसहित ४ र एमालेबाट ३ जना मन्त्री भएका हुन।

माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

त्यस्तै एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् ।
२७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका शर्माले २८ पुसमा एमालेका शाह र माओवादीका मंगलबहादुर शाहीलाई विना विभागीय मन्त्री बनाएका थिए ।

मन्त्रीपरिषदकाे जिम्मेवारी बाडफाँड भए पनि कर्णालीमा महिला दलित, आदिबासीबाट भने कसैलाई लगिएकाे छैन । यसकाे सामाजिक स‌‌जालहरुमा बिराेध भइरहेकाे हुँदा । राज्यमन्त्रीमा डाेल्पाकी उर्मिला विश्वकर्मालाई नियुक्त गरिएकाे छ । उनलाई भाैतिक पूर्वाधार, उर्जा तथा जलस्राेत मन्त्रालयकाे जिम्मेवारी दिइएको छ  ।