संसदभित्र संविधानको विरुद्ध बोल्ने अधिकार कसैलाई छैनःनेता शाही

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का युवा नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले संसदभित्र संविधानका विरुद्ध बोल्ने अधिकार कसैलाई नभएको बताएका छन् ।

पछिल्लो समय संसदमा जिम्मेवारीपूर्ण ढंगले भन्दा गैरजिम्मेवार तरिकाले अभिव्याक्ति दिनेहरुले १० बर्षको महान जनयुद्ध र १९ दिने जनआन्दोलन मार्फत लडेर ल्याएको व्यवस्थाका कारण आज आफुहरु यहाँ बोल्न पाएका छौ भन्ने माननीय सदस्यहरुले बिर्सिदै गएको र यहि व्यवस्थाका बिरुद्ध अभिव्यक्ति दिदै गएकाले संसद, सभामुख र सांसदहरुले जिम्मेवार बन्नु पर्ने बताए ।

प्रतिनिधि सभा तेस्रो अधिवेशनको छैटौ बैठकमा आइतवार बोल्दै नेता शाहीले आरोप,प्रत्यारोपमा समय खर्चिनु भन्दा संसदीय मर्यादाको पालना गर्न सबैलाई आग्रह गरे । कतिपय संसादहरु संसद भवनभित्र नयाँ प्रवेश गरेकाले पनि होला केहि संसदीय मर्यादाका विषयमा जानकारी नहुनु स्वाभाविक हो, ‘नेता शाहीले भने,’ ‘जनताको जनमत लिएर संसदमा प्रवेश गरिसकेपछि आफुले यो व्यवस्थाका विरुद्ध बोल्नु कति सुहाउदो हुन्छ । सबैले मनन गर्नु पर्छ ।’

नेपालको पछिल्लो राजनिति परिवेश अस्थिर रहँदै आएकाले हामीले राष्ट्रियता, जनतन्त्र,जनजीविकाका अनेकौं समस्याहरुको सामाना गरिरहनु परेको छ । देशका कतिपय समस्याहरु राजनीतिक अस्थिरताकै कारण छाँयामा परिरहेका छन् । यतातिर संसदको ध्यान जान जरुरी छ । उने भने ।’

नेता शाहीले वर्तमान अवस्थामा साधारण खर्च समेत रेमिटेन्स, विदेशी अनुदान र ऋणबाट धान्नुपर्ने अवस्था रहिरहेका बेला आर्थिक विकासको गति र वैदेशिक लगानी नराम्ररी प्रभावित हुन पुगेको बताए । उनले अगाडी भने, ‘आर्थिक अवस्था अत्यन्त कमजोर बन्दा सरकार समेत कमजोर देखिने र राजनिति क्षेत्रमा संकट पैदा भई देश दुर्धटना तिर जान सक्ने औल्याए ।

नेपालमा यही अवस्था भएकाले दिन प्रति दिन हजारौंको संख्यामा नेपाली युवा शक्ति सामान्य रोजगारको लागि पनि विदेशीन बाध्य भएको भन्दै उनले राजनीतिक अस्थिरताकै कारण विदेशी लगानीकर्ताहरू लगानीको प्रतिफल प्राप्त हुनेमा विश्वस्त हुन नसकेकाले नेपालमा लगानी गर्न उत्साहीत नदेखिने अवस्था आएको बताए ।

राजनिति दलहरु सबै एकताबद्ध भएर हामी आ–आफ्नो स्थान र क्षेत्रबाट राष्ट्र निमार्णको महा अभियानमा लागौं । म यहि अपिल गर्छु ।, ‘नेता शाहीले भने,’ राष्ट्र निर्माणका लागि सबै एकजुट भएर एक गुरु योजना बनाउ र जसले सरकारको नेतृत्व गरे पनि त्यहि गुरुयोजनाको आधारमा काम गर्ने आधार तयार पारौ । यसो गरे मात्र हामी सफल हुन सक्छौं र देश बलियो हुन्छ ।’