जनमुखी बिकासमा लागेका छौ -अध्यक्ष लालकेश जैसी

जनमुखी र वैज्ञानिक शिक्षा आजको आवश्यकता रहेको ताजाँकोट गाउापालिका अध्यक्ष लालकेश जैसीले बताउनु भएको छ । ताजाँकोट गाउँपालिकामा निमार्ण भएको रामदेव आधारभुत विध्यालयको भवन उद्दघाटन कार्यक्रममा यस्तो बताउनु भएको हो । शिक्षामा आएका दरार समान हटाउँदै, समान शिक्षाका लागि आन्दोलन जरुरी छ । शिक्षा क्षेत्रमा विभेद हुनु हुन्न ।

पछिल्लो दिनमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसमेत बढेको छ । स्थानिय सरकार विद्यालय व्यवस्थापन समिति र विद्यालय मिलेर अगाडि बढे शैक्षिक क्षेत्रको रूपमान्तरण सम्भव छ,’ उनले भने अब ताजाँकोट गाउँपालिकामा रहेका सामुदाइक बिद्यालयहरु लाइ मर्च गरेर गुणस्तरीय शिक्षा दिनमा स्थानिय सरकार लागेको बताउनु भयो ।