पलाँता गाउँपालिकाको स्थाइ केन्द्र रानीबीसौना बाट सेवा सुचारु
पलाँता गाउँपालिकाको स्थाइ केन्द्र रानी बीसौनामा आज देखि पालाँता गाउँपालिका बाट दिइने सम्पुर्ण प्रशासैनिक कामहरु स्थाइ केन्द रानी बीसौना बाट संञ्चालन गरिएको पालाँता गाउँपालिका अध्यक्ष बिश्नु बहादुर रोकाया (इन्द) ले जानकारी दिनु भएको छ ।
बिगत लामो समय देखि पलाँता गाउँपालिकाको थिर्पुमा पालिकाले सेवा दिदै आएका थियो । थिर्पुमा झन्डै घर भाडामा बापद पालिकाले बार्षिक १२ लाख रुपौयाँ भुक्तानि गदै आएको थियो ।
अब पालाँता गाउँपालिकाको स्थाइ केन्द्र रानि बीसौनामा आफ्नै पक्की प्रशासनिक भवन निमार्ण गरे सगै सम्पुर्ण सेवाहरु आज बाट दिने भएको छ ।
स्थाइ केन्द्र स्थापनाका लागी पालाँता गाउँसभाको १४ औ अधिबेसनले सर्बसहमत निर्णय गरेको थियो ।
स्मार्ट कर्णाली । १९ मंसिर २०८१, बुधबार १२:०८ बजे