१० करोड लगानिमा शैन स्मार्ट सिटि बन्दै पलाँता गाउँपालिकामा

पलाँता गाउँपालिकाको शैनमा स्मार्ट सिटि बन्ने भएको छ । सहरी बिकास मन्त्रालयको १० करोड लागनिमा पलाँता गाउँपालिकाको शैनमा स्मार्ट सिटि बन्ने पालाँता गाउँपालिका अध्यक्ष इन्द्र रोकाँयाले बताउनु भयो । स्मार्ट सिटिमा झोलुङ्गे पुल, खानेपानी ,पार्क निर्माण, भवन निमार्ण हुने अध्यक्ष रोकाँयाले बताउनु भयो ।पलाँता गाउँपालिकाको बिकास निमार्णका लागी स्थानिय सरकारको बिषेश पहल र पटपटकको छलफल पछि सहरी बिकास मन्त्रालयले रकम बिनियोज गरेको छ ।

अध्यक्ष रोकाँयाले नेपाल सरकारका शहरि विकास मन्त्रि कर्णालीका एक कुसल नेता ने।क।पा। एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा मा।धन बगादुर बुढा , मा।मन्त्रि ज्युका प्रमुख स्वकिय कमल रोकाया ए।समाजवादी पार्टी विद्यार्थी संगठनका स्थायी कमिटी सदस्य तथा शहरि विकास मन्त्रिका जन सम्पर्क समिति सल्लाहाकार मनसिंह थामी, समाजवादी विद्यार्थी स्थाई कमिटी सदस्य हर्क बहादुर बम लगायत पलॅातालाई सहयोग गर्ने सबैलाइ लाई पलॅाता सरकारको तर्फबाट धन्यबाद सम्मेत दिनु भएको छ ।


शहरी विकासमन्त्री धनबहादुर बुढाले पिछडिएको क्षेत्रको विकासमा विशेष ध्यान दिएका छन् । उहाँले मन्त्रालयमार्फत दुर्गम ठाउँको विकासको लागि विशेष कदम चालेका छन् ।उहाँले कालिकोटको पलाता गाउँपालिकाको शैनलाई स्मार्ट सिटी बनाउनको लागि अध्ययन तथा डिपीआरको लागि ५० लाख बजेट विनियोजन गरेका छन् । पछिल्लो समय मन्त्री बुढाले आक्रामक रुपमा विकास निर्माणका कामलाई अघि बढाएका छन् ।

नीति तथा कार्यक्रम र बजेटपनि आफूहरुले भनेअनुसार नै आएकोले अब कार्यान्वयनको पक्षमा विशेष ध्यान दिईने बताउँदै आएका मन्त्री बुढाले देशले विकास र समृद्धिको यात्रा गरिसकेको विश्वास दिलाए । पलाँता एउटा गाउँपालिका नयाँ संरचना अनुसार साबिकका ३ गा।बि।स। खिन,थिर्पु र धौलागोह मिलाएर हालको पलाँता गाउँपालिकाको निर्माण गरिएको छ र यस गाउँपालिकालाई जम्मा ९ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कुल क्षेत्रफल ३१८।८४ वर्ग कि।मि। हेको छ । पलाँता गाउँपालिकाको कुल जनसङ्ख्या १७००० रहेको छ।