डडेल्धुरामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

८ माघ, डडेल्धुरा । डडेल्धुरामा चट्याङ लागेर मंगलबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आलिताल गाउँपालिका-३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन्।

मंगलबार बिहान १० बजेतिर घरमा बसिरहेको बेलामा चट्याङले लागेर थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्बरबहादुर केसीले जानकारी दिए।

यस्तै, आलिताल गाउँपालिका- ५ भित्रीसैनमा चट्याङ लागेर दुईजना घाइते भएका छन्। घाइते हुनेमा मानबहादुर विष्ट र गोमती विष्ट रहेका छन्। दुबै जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ।onlinekhabar.com