माटो फालेको भन्दै बिद्यार्थीको दाइने कानको जालि फुटाल्ने यि हुन -प्र.अ धनराज पाण्डे

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं १ स्थित नैनेलदेव आधारभुत बिद्यालय सियालाका प्रधानाध्यापकले आफ्नै चेलालाई निर्घात कुटपिट गरेका छन । कक्षा कोठामा शिक्षिकाले पढाई रहेका वेला माथिल्लो कोठावाट माटो फालेको भन्दै प्रअ धनराज पाण्डेले कक्षा २ मा अध्यानरत छात्र बिकास देवकोटालाई कुटपिट गरेका हुन ।

गुरुको कुटाईवाट बिकासको दाइने कानको जाली फुटेको पिडित परिवारले जनाएको छ । प्रअको कुटाईवाट घाइते भएका छात्र अभिावकको सहयोगमा जिल्ला सदरमुकाममा रहेको एक मेडिकलमा उपचारपछि घर फर्किएका छन ।

पीतिडत वालककी आमा शर्मिला देवकोटाका किन मेरो छोरालाई कुटेको भनेर प्रश्न गर्दा प्रअ पाण्डेले झगडाका वेला नौनीको डल्लाले हानिदैन जे सक्छौ गर भने जवाफ दिएको सुनाईन ।

कुटाईपछि विकासको कानको भित्री भाग सुन्निएको छ भने लामो चिकित्सकले लामो समय औषधी खानु पर्ने सुझाब दिएको उनल बताईन । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रंग पाण्डेले बिद्यालयको वैठकका दिनमा छलफल गरिने बताए । अध्यक्ष पाण्डेले प्रधानाध्यापले विद्यालयमा आर्थिक अनियमितता पनि गरेकाले आइतवार वस्ने वैठकमा सबै कुराको निचोड निकालेर माथिल्लो निकायमा लेखि पठाउने बताए ।

‘प्रधानाध्यापकले सहि नसक्ने ब्यवहार गर्नु भएको छ, कार्वाहीका लागि अगाडी वढछौ’ अध्यक्ष पाण्डेले भने ।  rajdhanidaily.com बाट साभार