माथिल्लो कर्णाली परियोजनाको जिएमआर सँगको सम्झौता खारेज हुनपर्छ -अध्यक्ष शाही (भिडियो सहित)

सुर्खेत,माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियानले का केन्द्रीय अध्यक्ष भरत बहादुर शाहीले माथिल्लो कर्णाली परियोजनाको जिएमआर सँगको सम्झौता खारेज हुनु पर्ने बताउनु भएको छ ।

स्मार्ट कर्णाली टि.भि संग कुरा गर्दे शाहीले अभियानले माथिल्लो कर्णाली जलबिद्युत परियोजनाको म्याद थप होइन, अब ढिला नगरी तत्काल जी.एम.आर सँग गरिएको राष्ट्र अहितको परियोजना विकास सम्झौता खारेज को अभियानमा लागेको बताउनु भयो ।

अध्यक्ष शाहीले मध्यपहाडी लोकमार्ग निर्माण गर्ने र सो लोगमार्गको क्षेत्र भित्र दैलेखको आठविस नगरपालिकाको राकम कर्णालीमा मेगा सिटी निर्माण गर्ने योजना भौगोलिक दृष्टिकोणले उपयुक्त नभएको समेत बताउनु भयो ।

शाहीले मेगासिटी निर्माण गरिने भनिएको क्षेत्र परियोजनाको जलाशाययुक्त उपल्लो तटिए क्षेत्र भएकाले परियोजना निर्माण गर्नु पर्दा भविश्यमा त्यो स्थान डुवानमा पर्ने र उक्त क्षेत्र उर्भर भूमि समेत भएकाले मेगा सिटी निर्माण गर्न उपयुक्त नभएको बताउनु भयो । त्यसकारण मेगा सिटी दैलेखको अन्य ठाउँमा निर्माण गर्नका लागि प्रकृया अघि बढाउनु निर्माणमा अध्यक्ष शाहीले जोडदिनु भएको छ