अत्याधुनिक स्पोर्टसतर्फ ‘राजु’

ग्राहकको मागलाई ध्यानमा राख्दै सुर्खेतको चर्चित फेन्सी पसल राजु कलेक्सनले समबार देखी राजु कलेक्सन स्पार्टस् हाउस सञ्चालनमा ल्याएको छ । नयाँ केल्मी ब्रान्डको आधिकारिक स्पोर्ट्स शोरुमकोउद्घाटन राष्ट्रिय फुटबल प्लेयर हरि खड्का रसुर्खेत उद्योग बणिज्य संघका अध्यक्ष धनबहादुर रावतद्वय बाट शनिबार गरिएको हो ।

                                      औपचारिक कार्यक्रम सहितको उद्घाटन समारोहमा बोल्दै सञ्चालक राजु पाण्डेले भने ‘ग्राहकहरुको बढ्दो मागलाई ध्यानमा राख्दै केल्मी ब्रान्डको आधिकारिक स्पोर्ट्स शोरुमको सुरुवात गरेका हौं ।’ उनले भने ‘खेल सामाग्रीको अभावलाई मध्यनजर गर्दै र नक्कली सामाग्रीबाट वञ्चीत गराईं ग्राहकले चाहे जस्तै खेल सामाग्रीहरु सजिलै उपलब्ध गराउँछौं ।’ सञ्चालक पाण्डेले सबै खेलसामाग्रीको लागि धेरै ठाउँ धाउने कष्ट गर्नु नपर्ने जानकारी दिए ।
राजु कलेक्सन पछिल्लो समय विभिन्न ब्राण्डका फेन्सी आइटमहरुबाट ग्राहकलाई सन्तुष्टी दिलनउन सफल रहेको छ ।