अनुभवको बारीमा सुन्दर फूल फुलाउँदै बराल

कासिचन्द्र बराल रास्कोट नगरपालिकाको प्रमूख पदमा कार्यरत हुनुहुन्छ । २०२८ साल कार्तिक २२ गते स्व. बुवा प्रजापति बराल र स्व. आमा पुल्तीसरा बरालको कोखबाट साबिकको फूकोट गाविस ९ हालको रास्कोट नगरपालिका ८ मा जन्मिएका बराल २०५१ सालमा लक्ष्मिकला आचार्य सँग बिबाह बन्धनमा बाँधिनुभएको हो । २०३४ सालमा श्री जनजागृति प्राबि बाट अध्ययनको सुरुवात गरेका बरालले २०४० सालमा कक्षा ५ को जिल्ला स्तरिय परिक्षामा जिल्ला प्रथम भई स्नातक तह सम्मको शिक्षा हाँसील गर्नुभएको छ । २ छोरा र १ छोरीका बाबु बरालले पत्रकारीताको पनि अनुभव सम्हाल्नु भएको छ ।

२०५० सालमा भोकमरीका विरुद्ध पलाता क्षेत्रका करिब ४ सय जना स्थानियवासीहरुलाई सदरमुकाम पु¥याई खाद्यान्न उपलब्ध तथा २०५१ सालमा छुवाछुत र सामाजिक विभेद विरुद्ध निरन्तर अभियान चलाएका बराल आफुले आफुलाई देख्न नसक्नुले समाज परिवर्त हुन नसक्नेमा बिश्वास गर्नुहुन्छ । निरन्तर उत्साहपूर्ण सहभागिता हुनु नै सफलता हो भन्ने बराल सम्बन्धको निरन्तरता कायम राख्न सक्नु नै महानता हो भन्ने बुझाई राख्नुहुन्छ र भन्नुहुन्छ ठुलोबाट सानोमा नभई सानोबाट ठुलोको विकास गर्ने सोच बढि बैज्ञानिक हुनेमा बिस्वस्त हुनुहुन्छ । बिभिन्न माध्यमबाट सामाजिक सेवामा क्रियाशिल रहेको बराल यो यात्राबाट कहिल्यै पछि नहट्नेमा विश्वस्त हुनुहुन्छ ।

समाज रुपान्तरणको यात्रामा सास रहुन्जेल निरन्तरता दिइरहने प्रतिज्ञा गरेका प्रमूख बराल छुवाछुत मुक्त रास्कोट बनाउने, जातीय विभेदको अन्त्य गर्दै समाजलाई समृद्धिको बाटोतर्फ लैजाने, कृषि, पर्यटन, वन जंगलसँग सम्बन्धित अभियानलाई विशेष जोड दिई प्राकृतिक स्रोत साधानको सदुपयोग गर्दै विकास निर्माण तर्फ अगाडी बढ्ने दृढ विस्वास सहित कार्यान्वयमा लागिरहेको बताउनु हुन्छ । अरुले के भन्छन् त्यसको वास्ता नगरि आफूले के गरीरहेको छु र के गर्दा बहुसंख्यकको हित हुन्छ त्यसलाई शिरोधार्य गरि पाइलाहरु निरन्तर चालिरहनेमा विश्वस्त हुनुहुन्छ नगर प्रमूख बराल ।

नगरपालिकाका सबै वडामा सडक पु¥याउने, सबै सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थामा ईन्टरनेटको पहुँच पुगाउने, रास्कोट नगरपालिकामा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा संचालन गर्ने, कर्णाली नदीबाट नडिज्यूलामा लिफ्ट सिंचाई सेवा सुरु भइसकेको र आगामि दिनमा यसलाई थप प्रभावकारी बनाउने, २०७४ सालमा जनप्रतिनिधी भईसकेपछि पहिलो राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न गरेको र आगामी दिनमा पनि खेल क्षेत्रलाई प्राथमिकतामा लगिने, रास्कोट नगरपालिकाको लेकाली बस्तीमा स्याउ जोन (ब्उउभि श्यलभ) स्थापना गरि आत्मनिभएर बनाउने, रास्कोट नगरपालिकामा जीवन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यहरु हाल सम्म सम्पन्न भएका छन् ।

कार्यभार सम्हालेको छोटो समयमा केही नमूना योग्य काम सम्पन्न भएका छन् भने केही प्रक्रियामा रहेका छन् । एक घर एक धारा खानेपानी निर्माण योजना सम्पन्न गर्ने, ८०० किलो वाटको धुकाने छहडा जलविद्युत आयोजना सम्पन्न गर्ने, रास्कोट वहुउद्देश्यीय जल उपयोग परियोजना सम्पन्न गर्ने, कृषि, वन, पर्यटनमा आधुनिकीकरण गरी एक घर एक रोजगार कार्यक्रम कार्यान्वयन गर्ने, जीवन प्रवद्र्धन कार्यक्रम मार्फत स्वच्छ, सफा, व्यवस्थित र पोषणयुक्त नगरको रुपमा विकास गर्ने, १५०० शैयाको अस्पताल निर्माण सम्पन्न गर्ने, रास्कोट अर्गानिक कृषि उत्पादन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, सबै विद्यालयहरुमा कम्प्यूटर शिक्षा र डिजिटल प्रविधिबाट शिक्षण कार्य सुरु गर्ने, बहुप्राविधिक शिक्षालयको स्थापना गर्ने, मुख्य सडकहरु कालोपत्रे गर्दै सडक लाईनमा एकिकृत वस्ति विकास गर्ने तथा डिजिटल नगरको रुपमा कार्यान्वयन गर्ने आगामी लक्ष्य प्रमूख बरालको रहेको छ ।
निरन्तर राजनीतिक यात्रामा क्रियाशिल हुँदै कृषि क्रान्तिलाई निरन्तरता दिने ब्यक्तिगत उद्येष्य राखेका प्रमूख बराल हरेक क्षेत्रको अनुसन्धान र प्रयोगमा रुचि राख्नुहुन्छ । जीवनमा केही र कुनै चिजमा लत नबसालेका बरालले ६ पटक सम्म रक्तदान गर्नुभएको छ भने सकारात्मक सोचको निर्माण गर्दै प्रकृतिले निःशुल्क प्रदान गरेका स्रोतको अधिकतम प्रयोग मार्फत उच्चतम प्रविधीको आत्मसाथ गर्दै न्याय, समुन्नत समाजको निर्माण गर्नुपर्छ भन्ने बिचारबाट प्रभावीत हुनुहुन्छ ।

जुम्लाको तातोपानीमा युद्धको बेला नेपाली सेनाको घेरामा परेको बेला एकजना स्थानीय महिलाले आफ्नो सारी भित्र लुकाएर ज्यान बचाएको दिन र दैलेखको रुम गाविसमा आफ्नै साथीको बम विष्फोट हुँदा ३ जनाको मृत्यू, ९ जना घाईते हुँदा आफ्नो ज्यान जोगिएको दिन रास्कोट नगरपालिकाका प्रमूख बरालको जीवनका अबिष्मरणिय क्षण हुन् ।

राजनीतिक यात्रा 
२०४२ सालमा विद्यार्थी संगठनको सदस्य,
२०४५ साल देखि औपाचारिक रुपमा पार्टीमा आबद्ध (नेपाल कम्युनिष्ट पार्टी मसाल)
२०४५ योङ्ग कम्युनिष्ट लिग (थ्ऋी) पश्चिम कमाण्डको सदस्य,
२०४५ चैतमा नेपाल कम्युनिष्ट पार्टी मशालको सदस्य,
२०४६ सालमा अध्ययनको सिलसिलामा काठमाडौ गई योजना साप्ताहिक पत्रिकामा हकर र रिपोर्टटिङ्गको काम गर्र्दै जनसंघर्ष दैनिकमा हकरको भूमिका निर्बाह,
२०४७ मा संयुक्त जनमोर्चा नेपालको सचिव २०५१ सम्म,
२०४९ सालमा जनादेश साप्ताहिकमा समाचारदाता र व्यवस्थापनको जिम्बेवारी,
२०५१ सालमा कालीकोट उद्योग वाणिज्य संघ दर्ता गरी सचिवको पदको जिम्बेवारी बहन,
२०५३ सालमा कान्तिपुर राष्ट्रिय दैनिकमा कालीकोट जिल्ला संवाददाता,
२०५३ सालमा कालीकोटकै पहिलो कदम साप्ताहिकको प्रकाशक÷व्यवस्थापक,
२०५४ सालमा तत्कालिन नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य तथा फुकोट गाउँ विकास समतिको अध्यक्षमा निर्बाचित,
२०५५ सालमा नौलो किरण साप्ताहिकको प्रकाशक,
२०५८ सालमा तत्कालिन नेकपा माओवादी पार्टीको होल टाईमर
२०५८ सालदेखि ०६२ सम्म भेरी कर्णाली व्यूरोको सचिवालय सदस्य तथा जनसन्देश साप्ताहिकको सम्पादक,
शान्ति प्रक्रियामा आईसकेपछि मान्म बजारको विशेष कमाण्ड ईन्चार्ज,
२०६४ सालमा कर्णाली गणतन्त्र एफएम दर्ता तर संचालन हुन नसकेको, त्यसपछि रेडियो भेक आवाज सुर्खेत र कालीकोटको महावुमा सञ्चालन, नवचेतना सहकारी संस्था सुर्खेतमा दर्ता गरी अध्यक्षको भूमिका निर्बाह,
२०६५ सालमा हिमचुली सहकारी संस्था दर्ता गरी २०७५ असोज सम्म अध्यक्षको जिम्बेवारी बहन,
२०६७ सालमा राष्ट्रिय सहकारी संघको सञ्चालक र जिल्ला सहकारी संघको अध्यक्ष,
२०६९ सालमा इन्द्रेणी एग्रोफर्म सुर्खेतमा दर्ता गरी २०७५ सम्म अध्यक्षको जिम्बेवारी,
२०७४ वैशाख ३१ गते सम्पन्न स्थानिय तहको निर्बाचनमा रास्कोट नगरपालिकाको नगर प्रमुखमा विजयी ।

 सफलताको बाटो ।