माथिल्लो त्रिशुली-१ का लागि ५० अर्बको वैदेशिक लगानी

काठमाडौँ। कोरियन कम्पनीले निर्माण गर्ने २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजनाको लागि ५० अर्बको वैदेशिक लगानी जुटेको छ। कम्पनी र लगाकनीकर्ता अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबीच शुक्रबार लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन र अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा लगानी सम्बन्धी सम्झौता भएको हो। कार्यक्रममा वितरित प्रेस विज्ञप्तिअनुसार आयोजनाको लगानी ७० प्रतिशत ऋण र ३० प्रतिशत ईक्विटीबाट जुटाइएको छ।

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानीगर्ने सम्झौता गरेका छन्।