पलाँतामा हेलिकोप्टर द्धारा सुत्केरीको उद्धार

कालीकोट जिल्लाको पलाँता गाउँपालिका वडा नं ७ की एक सुत्केरी महिलाको हेलिकोप्टरवाट उद्धार गरिएको छ । पाँच गते रातीवाट अत्याधिक रक्तश्राब का कारण पलाँतामा थप उपचार तथा रगत चढाउनका लागि सुबिधा नभएकाले उक्त बिरामीको रीफर गरीएको स्वास्थ्य चौकी थिर्पुका स्वास्थ्य चौकी प्रमुख रघुजन बम र अनमि सयरुपा बम ले बताउनुभयो । स्वास्थ्य चौकी थिर्पू देखी अन्दाजि तिन कीलोमिटर तल प्रासैन मा हेलिकोप्टर अबतरण गरी आज सोमबार १२ ः ३० मा हेलिकोप्टरवाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

पलाँता गाउँपालिका अध्यक्ष को पहलमा प्रर्देश सरकार लाई पहलगरी पलाँता गाउँपालिका वडा नं ७ का कलम बम की श्रीमती बर्ष ३२ की प्रबित्रा बमको होलिकोप्टर मार्फत उद्धार गरेको हो । तिन वच्चाकी आमा समेत रहेकी बमको रक्तश्राब भएको तत्काल प्रर्देश सरकारले हेलिकोप्टरको ब्यवस्था गरेर उद्धार गरी सुर्खेत लगिएको छ । गाउँपालिकाको पहलमा प्रदेश सरकारल प्रर्देश सरकारलाई जानकारी गराएर सबै आर्थिक प्रर्देश सरकारले तिर्ने गरी सुत्केरीको उद्धार गरिएको कर्णाली प्रदेशको मुख्यमन्त्रालयले पनि पुस्टी गरेको छ । मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव खेमवहादुर सिहंकाे बिसेश पहलमा सुत्केरीको उद्धार गरिएको छ। उहाँले आर्थिक सबै केन्द्र सरकारले तिर्छ मात्र समन्वय प्रदेश सरकारले गरेको वताउनुभयो् । सुत्केरी उद्धारले गाउँमा सरकार रहेको कुरा नागरिकहरुले अनुभुति गरेको स्थानियले वताउनुभयो ।