पलाँता गाउँपालिका अध्यक्षलाइ कुटपिट गरेको आरोपमा दुइ नेता पार्टीबाट निलम्बीत , छानबिन समिति गठन

शनिवार कालिकोटको पलाता गाउँपालिकामा सत्तारुढ दल नेकपाका नेता तथा गाउँपालिका अध्यक्ष लक्ष्मण बम र उनका श्रीमती गोरीकला बमलाइ आफ्नै पार्टीका गाउँकमिटी अध्यक्ष बिष्णु रोकाया इन्द्र र  पार्टी जिल्ला कमीटी सदस्य मानबहादुर भन्डारीको समुहले कुटपीट गरेको घटनामा पार्टीले छानबिन समिति गठन गरेको छ ।  तिन दिन पछि मात्रै नेकपाले घटनाको छानबिन गर्न पचालझरना गाउँपालिकाका अध्यक्ष  तथा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य  खड्गराज सेजुवालको नेतृत्वमा नेकपाका जिल्ला पार्टी सचिवालय सदस्य चन्द्र बहादुर शाही र अग्र बिष्ट सदस्य रहेको तिन सदस्यीय छानबिन समिति गठन गर्दै घटनामा संलग्न आरोपित नेकपा पलाता गाउँकमिटी सदस्य बिष्णु रोकाया इन्द्र र अर्का जिल्ला कमिटि सदस्य तथा पलाता गाउँपालिका वडा नं १ का अध्यक्ष मानबहादुर भण्डारी (बासिन्दा )लाई पार्टी जिम्मेवारीबाट निलम्बन गरेको छ । समितिलाई १५ दिन भित्र  घटनाबारे सत्य, तथ्य छानबिन प्रतिबेदन बुझाउन निर्देशन गरेको छ ।

तर पिडीत भनिएका गाउँपालिका अध्यक्ष लक्ष्मण बमले भने  पार्टीको निर्णय आफुलाइ न्याय दिने भन्दा पनि भुलाउने र मुद्धा नचलोस भन्ने उद्देश्यले मात्रै आएको भन्दै आफु न्याय खोज्न कानुनी बाटो अबलम्बन गर्ने प्रतिक्रिया दिएका छन ।  नेकपा कालिकोटका अध्यक्ष धनजीत शाही र सचिव नगेन्द्र शाहीले बिज्ञप्ती जारी गर्दै निलम्बन गरेको जानकारी दिएका हुन । शनिबार कालिकोटको धौलागोहमा  सत्तारुढ दल नेकपा सम्बद्ध स्तर उठेका नेताहरुकै समुह बिच सामान्य भनाभनले उग्र रुप लिदा  घटना साम्प्रदायीकता तिर गयो र घटनाले उग्र रुप लियो । घटनामा ढुङ्ंगा हानहान भएर दुबै पक्षधरका गाउँले पनि भिडन्तमा उत्रे पछि कालिकोटको थिर्पु , पचालझरना बाट शान्ति सुरक्षामा खटिएको प्रहरीले सुरक्षा दिन नसक्ने भए पछि सदरमुकाम बाट शसस्त्र प्रहरी र जनपथ प्रहरी गरि दुइ दर्जन पुन खटाइयो  तर पनि रातिको समयमा घटनामा संलग्न र घाइते  पालिका अध्यक्ष दम्पतीलाइ सुरक्षा पहरा दिएर राखेको स्वास्थ्य चौकी भवनबाट निकाल्न सकेन र २४ घण्टा पछि प्रहरीले सुर्खेतबाट हेलिकप्टर आए पछि पालिका अध्यक्ष बम दम्पतीलाइ सुर्खेत पठाए पछि मात्रै  अन्य घटनामा संलग्नलाइ  पचालझरना गाउँपालिका अध्यक्षको जिम्मा लगाएर सदरमकुाम पुर्याइयो ।

कुनै एक गाउँमा  दुइ समुह  दुइ गाउँले समुदाय बिच झडपको स्थिती हुन्छ हताहत घाइते हुन्छन  झगडा शान्त गर्न जिल्लामा सुरक्षा समितिलाई शसस्त्र नै परिचालन गर्नु पर्छ घाइतेको उद्धार हेलिकप्टर बाट हुन्छ तर  तिन दिन बिति सक्दा पनि घटनाका दोषि को हुन , झगडाको कारण र मुख्य योजनाकार को हो  अनुसन्धान त कता हो कता प्रहरीमा कुनै प्रकृतिको उजुरी पनि दर्ता हुदैन भने न्यायीक राज्य कहाँ छ जिल्ला मानवअधिकारकर्मी अधिबक्ता दमनराज बमले बताउनु भयो ।  यसले गर्दा बिगतमा मुरमुरीएको पिलो बिग्रीदा अहिले घटना घटेको छ यस्तो प्रबृतिले भोली थप घटना घटना घट्न सक्ने भन्दै दुबै पक्षले एक अर्कालाई लक्षित गर्दै चेतावतनी दिन थालेका छन ।  पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बम दम्पती माथिको  आक्रमण घटनाका मुख्य योजनाकार  भनि पिडीत पक्षले ज्यान हत्या अभियोजनमा किटानी जाहेरीमा नाम किटान गरेका आरोपीतहरु द्धारा सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

लामो समय बिवादित बन्दै आमुनेसामुने समेत हुन नसकेका सत्तारुढ दल नेकपा पलाता गाउँकमीटी अध्यक्ष  बिष्णु बहादुर रोकाया (इन्द्र ) पक्षधर र गाउँपालिका अध्यक्ष लक्ष्मण बम पक्षधर नेकपा र नेकपा भित्र पनि  पुर्व माओवादी नेताहरु शनिबार एका एक सडक निमार्ण सहमति जुटाउन भन्दै एक छलफलमा जम्मा भए र हानहानमा उत्रे पछि झडप  समुदाय साम्प्रदायीकता तिर गएको थियो । पार्टी एकिकरण देखि नै बिवादित बनेका जिल्ला कमीटिका नेताहरु आफै हानहानमा उत्रे पछि सर्बसाधारण पनि पक्ष बिपक्षमा उत्रेका थिए ।  पलाताका  घटना किनारा लगाउन  कालिकोट प्रहरी र सत्तारुढ दल नेकपालाई निकै सकस  परेको छ