सिद्धापाइला ओपन स्काउट क्रीयु द्धरा कट्कुवा तपोभुमी धार्मिक वनमा वृक्षरोपण

शनिबार सिद्धापाइला ओपन स्काउट क्रीयुले द्धरा कट्कुवा तपोभुमी धार्मिक वनमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। उक्त वनमा २२० वटा विभिन्न खालका बोट बिरुवाहरु लगाइएको आयोजकले जानकारी दिएको छ, वृक्षरोपण कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा कैँची ग्याङ्, तनाव छ जिन्दगी र मोटे ग्याङ्ग नेपाल, पनि सहभागिता रहेको थियो।