महामन्त्री शाहीलाई हृदयघात, शिक्षण अस्पतालमा उपचार हुँदै

धनराज वास्तविक,                                                                                                                                                                  काठमाडौँ।,नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीलाई हृदयघात भएपछि महाराजंगस्थित शिक्षण अस्पतालको मनमोहनकार्डिर्योलोजी विभागमा भर्ना गरिएको छ।

नेविसंघका नेता जगतजंग बिष्टका अनुसार महामन्त्री शाहीलाई आइतबार राती ११ बजे एक्कासी हृदयघात भएपछि अस्पताल लगिएको थियो।

विष्टले कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा भने, ‘हिजोराति ११ बजेतिर महामन्त्री ज्युउलाई हृदयघात भएको थियो। तत्काल अस्पताल भर्ना गरेर उपचार गर्दा थप जटिल अवस्था र्सिजना भएन। अहिले चिकित्सकका अनुसार उहाँको अवस्था सामान्य रहेको छ।’