समाजसेवी सुनारले गरे वादी समुदायलाई सहयोग

सुर्खेत, । समाजसेवी तिर्थ सुनारद्धारा वीरेन्द्रनगरको मुख्य मन्त्री कार्यालय अगाडी धर्नामा बसेका बादी समुदायलाई सहयोग गरेका छन् ।दैलेखबाट आएर बिगत चार दिनदेखि मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा रहेका उनीहरुलाई पाँच पेटी पानी र चामल नुन र खाद्यान्न सहयोग गरेका हुन् ।

युवा समाजसेवी सुनारले बिगतदेखि नै समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्दै आएका छन् ।साथै उनले वादी समुदायलाई आफ्नो हक अधिकारका लागि एकतावद्ध भएर आन्दोलनमा अगाडी बढ्न पनि सुझाव दिएका छन् ।वादी समुदायलाई समस्या परेको खण्डमा आफु सहयोग गर्न र जुटाउन समेत तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।