सल्यानमा बस दुर्घटना : ८ जनाको मृत्यु

सल्यानमा बस दुर्घटना भएको छ । सल्यानको खलंगा बाट दाङको तुलसीपुर तर्फ जादै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउपालिका वडा नम्बर ५ खारखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परेर दर्जन बढी घाइते भएका छन । घाइतेहरुको उद्वार गरेर अस्पताल पठाइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।